अर्घाखाँचीका २ जनाले जिते कोरोना

अर्घाखाँचीका २ जनाले जिते कोरोना

सन्धिखर्क : अर्घाखाँचीका दुईजना कोरोना संक्रमित निको भएका छन् ।पाणिनी गाउँपालिका ८, पालीको कमला माविको क्वारेन्टाइनमा रहेका दुईजना कोरोना जितेको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताए । 

गत जेठ २ गते भारतको रायबरेलीबाट पैदल हिंडेरै पाँचजना गृहजिल्ला आइपुगेका उनीहरुलाई पाणिनी गाउँपालिका वडा नम्बर-८ को विद्यालयमा क्वारेन्टाइनमा राखिएको थियो । गत जेठ १० गते शनिबार उनीहरुको थ्रोट स्वाब संकलन गरिएको थियो । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा क्वारेन्टाइनमा रहेका १९ वर्षीय र ४३ वर्षीय दुई पुरुषमा पीसीआर जाँच गर्दा गत जेठ १३ गते कोरोना पोजिटिभ देखिएको थियो । 

पुन: स्वाब परीक्षणको लागि पठाइएको थियो । बुधबार उनीहरु दुबैजनाको रिपोर्ट कोरोना नेगेटिभ आएको र उनीहरुलाई घर पठाउने तयारी भइरहेको छ । उनीहरु घरमा गएर सेल्फ क्वारेन्टाइनमा बस्ने गरी पठाइने अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर गौतमले बताए  । 

जिल्लामा कोरोना संक्रमितको संख्या ६१ पुगेको छ । कोरोनाबाट २ जनाको मृत्यु भइसकेको छ।जिल्लामा एक हजार पाँच सय ५६ जनाको स्वाब संकलन गरिएको छ। ५ सय ६६ जनाको रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यलयका जन स्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताए । जसमध्ये ६१ जनाको कोरोना पोजिटिभ देखिएको हो । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.