दार्चुलामा ढुंगाले लागेर महिलाको मृत्यु
दार्चुला : दार्चुला-तिंकर सडकको राताकाठा क्षेत्रमा ढुंगाले लागेर एक महिलाको ज्यान गएको छ । दुहूँ गाउँपालिकाका कलावती बडालको ढुंगा लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
राताकाठा क्षेत्रको माथिल्लो क्षेत्रमा खानेपानी योजनाको निर्माण कार्य भइरहेकाले उक्त क्षेत्रबाट ढुंगा खसेको हुनसक्ने अनुमान गरिएको छ । घटनाको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक भास्कर चन्दको नेतृत्वमा प्रहरी टोली घट्नास्थल तर्फ गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्र जोशीले बताए ।