बुधबार अर्घाखाँचीका सय जनामा कोरोना पुष्टि
अर्घाखाँची : अर्घाखाँचीमा बुधबार एकै दिन एक सय जनामा कोरोना पुष्टि भएको छ । योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ५८ पुगेको छ ।
बुधबार थप भएका संक्रमित भूमिकास्थान नगरपालिकाका ५२, सितगंगा नगरपालिकाका २२, मालारानी गाउँपालिकाका १४, छत्रदेव गाउँपालिकाका ७ र ठेगाना नखुलेका ५ गरेर एक सयजना थपिएको जिल्ला स्वास्थ्य कार्यालयका जन स्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिए । कोरोनाका कारण अर्घाखाँचीका ३ जनाको मृत्युु भइसकेको छ ।