बाजुरामा ६ जना स्वास्थ्यकर्मीसहित ४१ जनामा कोरोना पुष्टि
बाजुरा : बाजुरा जिल्लामा थप ४१ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । बुधबार आएको रिपोटमा १५ जना महिला र २६ जना पुरुष गरी ४१ जनामा संक्रमण देखा परेको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताए । ४१ जनाको जेठ २३ र जेठ ३० गते पीसीआरका लागि स्वाब संकलन गरी सेति प्रदेशिक अस्पताल धनगढीमा पठाइएको थियो ।
६ जना स्वास्थ्यकर्मीमध्ये ४ जना बडिमालिका नगरपालिकाका, एक जना स्वास्थ्य कार्यलय बाजुराका र एक जना बाजुरा अस्पतालका कर्मचारी रहेका पन्तले बताए । सबै जना कोरोना संक्रमितको उपचारमा खटिएका थिए ।
४० जना संक्रमित बडिमालिका नगरपालिकामा बसोवास गर्ने हुन्, भने १ जना बुढिगंगा नगरपालिकाका रहेका छन् । बाजुरामा ६२ जना कोरोना संक्रमित पुगेका छन् । २ वर्षीया बालिकाको मृत्यु भइसकेको छ, भने एक जना कोरोना जितेर घर फर्किसकेका छन् । १ जनालाई आज मात्र डिसचार्ज गरिएको हो । १७ जना धुरालसैन क्वारेनटाइनमा उपचार बसिरहेका छन् । एक जना धनगढीमा उपचार गराइरहेका छन् ।