दार्चुलाको सीमावर्ती क्षेत्रमा सुरक्षा सर्तकता बढ्यो

दार्चुलाको सीमावर्ती क्षेत्रमा सुरक्षा सर्तकता बढ्यो

दार्चुला : दार्चुलाको सीमावर्ती क्षेत्रमा नेपालले सुरक्षा सर्तकता बढाएको छ । बैशाख ३१ गते दार्चुलाको व्यास क्षेत्रमा सशस्त्र प्रहरीको बिओपी पोस्ट स्थापना गरीएसँगै सीमामा थप सुरक्षा अपनाएको सशस्त्र प्रशरी बल दार्चुलाका डीएसपी डम्मर बिष्टले बताए । ‘नेपालतर्फ कौवाबाट १० किलोमिटर वर गागामा सीतापुल चौकी छ । चीनसँगको रणनीतिक क्षेत्रसमेत भएकाले भारतले भने ती ठाउँमा सुरक्षा निकायको उपस्थिति बढाउँदै लगेको छ ’, बिष्टले भने ।
   

नेपाल सरकारले अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा सहितको भु–भाग नेपालको नक्सामा समेटेको र निशान छापसमेत संशोधन गरेसँगै उच्च सुरक्षा अधिकारीको टोलीले ब्यास क्षेत्रको भ्रमणसमेत गरेका छन् । पछिल्लो समय नेपाल सरकारले व्याँस क्षेत्रलाई प्राथमिकताका साथ सीमा सुरक्षामा सक्रियता देखाएको छ । 
  
छाङरुमा स्थापना गरिएको सशस्त्र प्रहरीको बिओपी र घाँटिबगरमा रहेको नेपाली सेनाको अस्थायी क्याम्पले सुरक्षामा निकै तदारुकता देखाएको व्यासका स्थानिय गोपासिंह बोहराले बताए । ‘बैशाख ३१ गते छाङरुमा सशस्त्र बिओपी स्थापना भएको थियो भने जेठ ७ गते घाँटिबगरमा नेपाली सेनाको अस्थायी बेस क्याम्प राखिएको थियो’, बाहेराले भने ।

सीमा सुरक्षाका लागि सशस्त्र बिओपी ,घोरेटो बाटो निर्माणका लागि सेनाको क्याम्प र स्थानियको सुरक्षाकोलागी जनपद प्रहरी राखिएको दुर्गादल गुल्म दार्चुलाका गुल्म पति श्यामराज बिक्रम थापाले बताए । 
   
कालापानी क्षेत्रमा भारतीय सेना, सीमा सुरक्षा बल, भारतीय बोर्डर पुलिसलगायत सुरक्षा निकायका करिब १० हजार जनशक्ति तैनाथ रहेको स्थानीय बताउँछन् । कालापानी क्षेत्रमा आफ्ना सैनिक राखेदेखि नै भारतीय पक्षले नेपालीलाई आवतजावतमा अवरोध गर्दै आएको छ । यो नाकाबाट भारत–चीन व्यापार सुरु भएदेखि नेपालीलाई असहज भएको हो ।
    
पञ्चायतकालमा सदरमुकाम खलंगाबाट तिंकर नाकासम्म झन्डै एक सय २५ किलोमिटर घोडेटो बाटो बनेको थियो । यो बाटो बनेपछि व्यास क्षेत्र जान सहज भएकाले नेपाली र भारतीय नागरिक नेपालकै घोडेटो बाटो हुँदै व्यास क्षेत्रमा बर्सेनि (बसाइँसराइ) गर्थे ।
   
सशस्त्र द्वन्द्वकालमा नेपाली सुरक्षाकर्मी व्यास क्षेत्रमा जान सकेनन् । द्वन्द्व सकिएपछि घोडेटो बिग्रिएको भन्दै राज्यले उक्त क्षेत्रमा आफ्नो उपस्थिति नदेखाएको स्थानीय नबेन्द्र तिङ्करीले बताए । ‘नेपाल प्रहरीका दुई युनिट व्यास क्षेत्रमा भए तापनि त्यहाँ ६ महिना मात्र प्रहरीको उपस्थिति हुने गरेको छ । हिमाली ठाउँमा जाडोले बस्न नसकेर नेपाल प्रहरीका दुवै अस्थायी पोस्ट जिल्ला सदरमुकाम झर्छन् ,’ तिङ्करीले भने । अब भने व्यास बासीले सुरक्षाको नौलो आभास गरी रहेका छन् । सशस्त्र प्रहरी र नेपाली सेनाको सुरक्षा पोष्टले व्यास बासीमा सुरक्षाका निकै आभास भएको उनले बताए । 
   
स्थानीय ललीत बोहराका अनुसार प्रहरीको उपस्थिति ६ महिना भए पनि प्रहरी चौकी–गाउँ आउजाउमै सीमित छ । स्थानीयले केही सूचना दिए त्यसलाई माथिल्लो निकायमा खबर गर्छन् । केन्द्रसम्म स्थलगत र अद्यावधिक रिपोर्ट बिरलै मात्र पुग्ने गरेको सोबान तिङ्करीले बताए। 
सशस्त्रलाई किन राखियो सीमामा?
  
सशस्त्र प्रहरीको सिमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणमा, सिमा रक्षा, ओखेटो पहार ओसार पसार तथा मानव वेचविखन लगायतका गतिविधि नियन्त्रणमा ठुलो भूमिका भएकाले सीमामा राखिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । पौडेल अगाडि भन्छन् , ‘विगत देखी ६ महिना मात्रै राज्यको उपस्थिति रहदै आएको दार्चुलाको उत्तरी सिमा क्षेत्रमा बाह्रै महिना उपस्थिति हुने गरी प्रहरी खटाईएको छ ।’ यसले सीमाका नागरीकलाई थप राहत पुग्ने उनले बताए । 

भारतले पनि सीमामा सुरक्षा गतिबिधि बढायो 

भारत–चीन सिमामा पर्ने लद्दाखको गलवान क्षेत्रमा दुई देशका सुरक्षा बलबीच हिंसात्मक झडप भएपछि भारतले लिपुलेक र नाविढाङ क्षेत्रमा पनि सुरक्षा बढाएको छ ।

स्रोतका अनुसार नाविढाङदेखी लिपुलेक पाससम्मको ८ किलोमिटर क्षेत्रमा चीनसंगको सिमा सुरक्षाका लागी आइटिविपीसंगै भारतीय आर्मीले पनि गस्ती गरिरहेको छ । २४ सै घण्टा भारतीय आर्मी,  र एसएसबिले नेपाल र चीनसंगको सिमा क्षेत्रका गतिविधि अवलोकन गरिरहेको छ ।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.