बनेपामा चोरी गर्ने नवलपरासीमा पक्राउ

बनेपामा चोरी गर्ने नवलपरासीमा पक्राउ

काभ्रे : लकडाउनको समयमा काभ्रे जिल्लाको बनेपामा रहेको हार्डवेयरमा ९ लाख नगद चोरी गरी भागेकालाई काभ्रे प्रहरीले नवलपरासीमा पक्राउ गरेका छन्। लकडाउनको मौका छोप्दै जेठ २८ गते राती बनेपा नगरपालिका ७ मा रहेको तेन्डेल हार्डवेयरमा चोरी गरी फरार अभियुक्तलाई असार ३ गते नवलपरासी जिल्लाको सुनवल नगरपालिका १ डाँडाटोलमा आफन्तको घरमा लुकीछिपी रहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो। 

निजलाई प्रहरीले एक लाख रुपैयाँ, मोबाइल, वाइफाइ राउटरसहति पक्राउ गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नीरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । फरार अभियुक्त चितवनको रत्ननगर नगरपालिका १ निवासी २७ वर्षीय प्रकाशजंग कुँवर रहेको र उनलाई इलाका प्रहरी कार्यलयको प्रहरी निरीक्षकसहितको टोलिले पक्राउ गरेर काभ्रे ल्याएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । 

हार्डवेयरको काउन्टरबाट कुँवरले जेठ २८ गते राती ८ बजे ९ लाख ४ हजार २ सय ७५ रुपैयाँ चोरी गरेका थिए । हार्डवेयर संचालक सुरेश घिसिङ्गले प्रहरीमा जेठ २९ गते काउन्टर चोरी भएको जानकारी गराएको प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिए ।

यसरी पक्राउ परे कुँवर 

इलाका प्रहरी कार्यलय बनेपामा हार्डवेयर संचालकले चोरी भएको निवेदन दिएसँगै प्रहरी निरीक्षक तिमिल्सिनले मसिनो तरिकाले चोरी केसमा अनुसन्धान सुरु गरेको बताए । हामीले चोरी भएको दिन र केही दिनअघिको हार्डवेयरमा रहेको सबै सीसी क्यामेराको फुटेट संकलन गरी अध्ययान गरेपछि केही क्लु पाएसँगै अभियुक्त पाक्राउ गर्नका लागि टिम खडा गरेर थप अनुसन्धान गरेपछि चोरीमा संलग्नलाई पक्राउ गरिएको बताए ।

प्रहरी निरीक्षक तिमिल्सिनाका अनुसार कुँवर केही दिनअघि साढुदाइ ट्रक चालक गोविन्द चौधरीसँग हार्डवेयर आएको सीसी क्यामेराको फुटेजमा देखिएको आधारमा पहिलो अनुसन्धान सुरु गरिएको बताए ।

चोरी गर्दा प्रयोग गरेको टिर्सट र केही दिनअघि हार्डवेयरमा आउँदा लगाएको टिर्सट एउटै देखिएका आधारमा उनको खोजी गर्दै जाने जानेक्रममा नवरपरसीसम्म पुगेको सूचना आएसँगै टिम लिएर उक्त जिल्ला पुगेर पक्राउ गर्न सफल भएको प्रहरी निरीक्षक तिमिल्सिनमले जानकारी दिए । 

कुँवर ३ वर्षअघि मोबाइल चोरीमा काठमाडौंबाट पक्राउ परेका थिए भने ५ महिनाअघि मात्रै चोरी अभियोगबाट जेलबाट छुटेको र उनी पटके चोरीमा संलग्न रहेको समेत बुझिएको प्रहरीले जनाएको छ ।कुँवरलाई चोरी अभियोगमा मुद्दा दर्ता गरी म्याद थप गरेको इलाका प्रहरी बनेपाले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.