क्‍वारेन्टाइनबाट घर पठाएका युवकको मृत्यु

क्‍वारेन्टाइनबाट घर पठाएका युवकको मृत्यु

दार्चुला : जिल्लाको मार्मा गाउँपालिकाले एकदिन क्‍वारेन्टाइनमा राखेर घर पठाएको युवकको मृत्यु भएको छ। भारतको बंगलोरबाट घर फर्किएका मार्मा गाउँपालिका ३ का एक युवकको मृत्यु भएको हो। गौरीफन्टा नाका भएर जेठ २९ गते मार्माको लटिनाथ पुगेका २१ वर्षीय युवकको बिहीबार बेलुकी मृत्यु भएको मार्मा स्वास्थ्य संयोजक चक्रसिंह धामीले बताए।

मानसिकरुपमा अस्वस्थ्य रहेका युवकलाई एक दिन मात्रै लटिनाथ मावि रस्कोटको क्वारेन्टाइनमा राखिएको थियो । धनगढी र लटिनाथमा गरिएको आरडीटी परीक्षणमा रिपोर्ट नेगेटिभ आएको थियो। परिवारले उपचार गर्ने भन्दै घर लगेका युवकमा ज्वरो बढ्दै गएको थियो। बिहीबार राती नै पीसीआर नमूना संकलन गरी शुक्रबार धनगढी प्रयोगशाला पठाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.