कोरोना कहर : संक्रमित गाउँ पसे, छैन् परीक्षण

कोरोना कहर : संक्रमित गाउँ पसे, छैन् परीक्षण

दैलेख : दैलेखका कोरोना संक्रमितलाई परीक्षण नगरी घर पठाउन थालिएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण भई आइसोलसनमा भर्ना भएका संक्रमितलाई परीक्षण नगरी डिस्चार्ज गर्न पत्राचार गरेसँगै संक्रमितलाई परीक्षणबिनै घर पठाउन थालिएको हो ।

स्वास्थ्य सेवा कार्यालयका अनुसार कोरोना संक्रमितको संख्या ७ सय २१ पुगेको छ । ती मध्ये २३ महिलासहित ३ सय ३४ जना डिस्चार्ज भएको कोभिड-१९ फोकल पर्सन थीरप्रसाद रेग्मीले जानकारी दिए ।  महाबु गाउँपालिकाका एक सय ६ जना संक्रमितलाई परीक्षण नगरेरै घर पठाइएको छ । गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले सरकारको नीतिअनुसार घर पठाएको बताए । 

गत सोमबार नारायण नगरपालिकास्थित नारायण क्याम्पसबाट दोस्रोपटक पीसीआर रिपोर्ट नआउँदै घर पठाएका ८८ जना कोरोना संक्रमितमध्ये ३० जनाको रिपोर्ट पोजिटिभ आएको नगरपालिकाका एक कर्मचारीले बताए ।

ती कर्मचारीका अनुसार नारायण नगरपालिका-४ सोतबाट घर पठाएका १६ जनामध्ये १५ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । परीक्षणको रिपोर्ट नआउँदै घर पठाइएका गाउँमै छन् । दुल्लु नगरपालिकाका कोरोना संक्रमितलाई भने दोस्रो पटक पीसीआर परीक्षण गरेर घर पठाइएको नगरपालिकाले जनाएको छ । परीक्षणबिना नै संक्रमित घर घरमा पुगेपछि सर्वसाधारणमा त्रास फैलिएको छ ।

नेपाल बार एसोसियसनका सचिव प्रेमबहादुर थापा भन्छन्, 'मजदुरीका लागि भारत गएका जेनतेन जन्मथलो फर्किए, उनीहरुलाई मापदण्डविपरितका क्वारेन्टाइनमा राख्दा संक्रमण फैलियो, सरकार आम जनताको अभिभावक हो, तर अहिले जनता अभिभावकबिहीन बनेका छन्।'

कोरोना संक्रमितलाई परीक्षण नगरेरै घर पठाउँदा जनताको बाँच्न पाउने र स्वास्थ्य उपचार पाउने अधिकारबाट सरकारले नै बञ्चित गराएको थापाको भनाइ छ । स्थानीय भक्तकिशोर श्रेष्ठले संक्रमण भएको थाहा हुँदाहुँदै घर पठाउँदा दैलेखका गाउँमा भयाभह स्थिति सृजना हुने खतरा बढेको बताए । 'क्वारेन्टाइननै कोरोना विस्तार गर्ने केन्द्र बनेको छ, समुदायमा परीक्षण भएका छैनन्, उनले भने,' विपत्तीको बेला सरकार गैरजिम्मेवार बन्यो ।'

सरकारी लापरबाही र कमजोर व्यवस्थापनबाट कोरोना संक्रमण समुदायमा फैलिन सक्ने खतरा बढेको छ । समुदाय स्तरसम्म परीक्षणको दायरा भने बढाइएको छैन् । अधिकांश कोरोना संक्रमितमा कुनै पनि लक्षण नदेखिएको दैलेख अस्पतालका डा. निरञ्जन पन्तले बताए । 'हालसम्म कुनै पनि संक्रमित व्यक्तिलाई सघन उपचार कक्ष (आईसीयू) मा राख्नुपरेको छैन्, स्कुलका आइसोलेसनबाटै डिस्चार्ज हुनुभएको छ, डा. पन्तले भने, 'संक्रमित एउटै उमेर समूहका युवाहरु हुनुहुन्छ ।'

दैलेख अस्पतालको आइसोलेसनमा चिकित्सकको टोली खटाइएको छ भने अन्य स्कुलका आइसोलेसनमा समय-समयमा चिकित्सकको टोली पठाउने गरिएको छ । 'अब हामीले दोस्रो पटक पीसीआर परिक्षण नगरेरै घर पठाउन थालेका छौं, संक्रमण पुष्टि भएको १९ दिनसम्म आइसोलेसनमा राखेर पुःन पीसीआर परीक्षण नगरेरै घर पठाउन लागेका हौं,' डा. पन्तले भने ।

कोरोना संक्रमणको जोखिम कम नभएको भन्दै सरकारले दैलेखलाई कोरोना 'हटस्पट' का रुपमा राखेको छ । कोरोनाको उच्च जोखिममा रहेका दैलेख जिल्लामा दैनिक संक्रमितको संख्या बढ्दो क्रममा छ । तर लकडाउन भने खुकुलो बन्दै गएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.