गर्भवती महिलामा कोरोना संक्रमण

गर्भवती महिलामा कोरोना संक्रमण

बैतडी : बैतडीमा कोरोना संक्रमण पुष्टी भएका ६३ जना मध्ये एकजना गर्भवती महिला पनि रहेको पुष्टी भएको छ। दशरथचन्द नगरपालिका-७ की ती गर्भवती महिलामा कोरोना पुष्टी भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा गर्भवती महिलामा कोरोना पुष्टी भएको हो। दशरथचन्द नगरपालिकाका १० जना नयाँ संक्रमित मध्ये एक जना महिलामा संक्रमण पुष्टी भएको हो। संक्रमित महिला ६ महिनाकी गर्भवती रहेको दशरथचन्द नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दुर्गादत्त जोशीले जानकारी दिए। संक्रमित गर्भवती महिलाको स्वास्थ्य अवस्था भने समान्य रहेको जोशीले जानकारी दिए। शुक्रबार मात्रै बैतडीका ६३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने संक्रमितको संख्या ११५ पुगेको छ।

दशरथचन्द नगरपालिकामा मात्रै २० जनामा कोरोना पुष्टी भईसकेको छ। संक्रमण पुष्टी भएका सबै क्वारेन्टाइनमै बसीरहेका स्वास्थ्य शाखा प्रमुख जोशीले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.