सुशान्त सिंहको नाममा दुई फ्यानले पनि गरे आत्महत्या
नयाँदिल्ली : बलिउडका अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यासँगै बलिउडमा फेरि एक पटक परिवारवाद र नातावादको चर्को आलोचना भयो ।
अहिले बलिउडमा यो मुद्दा केन्द्रमा छ । त्यसो त, सुशान्त सिंह परिवारवादको शिकार हुने एक दुखी पात्र बने । यस क्रममा सुशान्तले भोग्नु परेको वहिष्करणबारे थप बहस हुन थालेको छ । कंगना करोटले सुशान्तको कामको प्रशंसा गर्दै उनले भोगेको दुखलाई सार्वजनिक रुपमा बहस नै उठाइन् ।
सुशान्तका दुई फ्यानले भने उनकै नाममा आत्महत्या गरेको खबर भारतीय मिडियाले उल्लेख गरेका छन् । महाराष्ट्रमा २० वर्षीया एक युवतीले आफ्नै घरमा डोरीले झुण्डिएर आत्महत्या गरिन् ।
यस्तै बरेलीका अर्का एक युवकले सुशान्तको नाममा सुसाइड नोट लेख्दै आत्महत्या गरेको भारतीय मिडियाले सार्वजनिक गरेका छन् । ती युवकले सुशान्तको आत्महत्याको समाचार टिभीमा देखेपछि सुसाइड नोट लेखेर आत्महत्या गरेको बताइएको छ । ‘सुशान्तले त आत्महत्या गर्न सक्छन् भने म किन सक्दिन ?’ भनेर लेख्दै आत्महत्या गरेको बुझिएको छ ।