कर्णालीमा थप ४६ जनामा संक्रमण, संक्रमितको संख्या १२४५ पुग्यो
सुर्खेत : कर्णाली प्रदेशमा थप ४६ जनामा कोरोना संक्रमण पृष्टी भएको छ। प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परीक्षण रिपोर्ट अनुसार जाजरकोटका १ र दैलेखका १९ तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षण अनुसार सल्यानका २६ गरी थप ४६ जना संक्रमित थपिएका हुन्। यो सँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १ हजार २ सय ४५ पुगेको छ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार शनिबार थप ९ जनाले कोरोना जितेर घर फर्किएपछि कर्णालीमा कोरोनाबाट निको हुनेको संख्या ५ सय १७ पुगेको छ। प्रदेश अस्पताल सुर्खेतबाट ७ र लेकबेशी आइसोलेसन सुर्खेतबाट २ जना गरी थप ९ जना रोना जीतेर घर फर्किएका छन्। कर्णाली प्रदेशमा हालसम्म १७ हजार बढिको कोरोना परीक्षण गरिएको छ। कर्णालीमा पृष्टी भई कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ।
कर्णालीमा हालसम्म सबैभन्दा बढि दैलेखमा ७ सय ९ र सबैभन्दा कम हुम्ला र डोल्पामा १/१ तथा मुगुका २ जनालाई कोरोना पृष्टी भएको छ। यस्तै सल्यानका १ सय ६३, सुर्खेतका २ सय ७७, जाजरकोट १०, कालिकोट ४२, जुम्लामा २४ र अन्य प्रदेशका १६ जनामा कोरोना पृष्टी भएको छ।