२८ महिने बालिका बलात्कार गरेको आरोपमा एक पक्राउ

२८ महिने बालिका बलात्कार गरेको आरोपमा एक पक्राउ

रोल्पा : रोल्पामा २८ महिने बालिकालाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। त्रिवेणी गाउँपालिका-७ को एक गाउँकी बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा ३२ वर्षका एक युवकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

बालिका घरमै रहेको बेला बलात्कार गरेको आरोपसहित जेठ २९ गते युवकलाई प्रहरीले पक्राउ गरेको हो। पीडित बालिकाका अभिभावकले इलाका प्रहरी कार्यालय होलेरीमा जाहेरी दिएका थिए। बालिका घरमै रहेको बेला जेठ २८ गते छिमेकी नातेदार पर्ने युवकले बलात्कार गरेको भन्दै जाहेरी परेपछि प्रहरीले युवकलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङका अनुसार बलात्कारमा संलग्न भएको आरोपमा पक्राउ परेका युवालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। जिल्ला अस्तपताल रेउघामा बालिकाको स्वास्थ्य परिक्षण समेत गरिएको छ। स्वास्थ्य परिक्षण प्रतिवेदनमा बालिकाको हाइमन च्याटिएको र रगत बगेको फेला परेको जनाईएको छ। पछिल्लो समयमा बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

जिल्ला अदालतबाट म्याद थप भई पक्राउ परेका युवामाथि थप अनुसन्धान भइरहेको प्रनाउ गुरुङले जनाए। प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा आरोति युवकले अपराध हुन पुगेको स्वीकार गरेका छन्। युवकको पत्नीको केही वर्ष अघि मृत्यु भएको जनाइएको छ। ‘घटनाबारे विस्तृत अनुसन्धान भईरहेको छ’ प्रनाउ गुरुङ भन्छन्। विस्तृत अनुसन्धानपछि अदालतमा मुद्दा दायर गर्न जिल्ला सरकारी वकिल कार्यालयमा प्रहरीले राय सहित प्रस्ताव पेश गर्नेछ।

मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २१९ अनुसार १० वर्ष मुनिका बालिका बलात्कृत भएमा जन्मकैद (२५ वर्ष) र मनासिव माफिसहित क्षतिपूर्तिको सजाय हुनसक्ने व्यवस्था रहेको अधिवक्ता माधव आचार्यले जनाए। हाडनाता भएमा थप सजाय हुने समेत प्रावधान छ। प्रहरीको अनुसन्धानको आधारमा सरकारी वकिल कार्यालयले अदालतमा आवश्यक सजायसहित मुद्दा दायर गर्नेछ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.