डराए बलिउड कलाकार

डराए बलिउड कलाकार

मुम्बई : लकडाउन केही खुकुलो बनाइएको र महाराष्ट्र सरकारद्वारा हरियो झन्डा देखाएपछि फिल्म निर्माताले सुटिङ सुरु गर्ने निर्णय गरेका छन्। तर, केही सेलिब्रिटी भने अझ बाहिर निस्केर सेटमा काम सुरु गर्न डराइरहेका छन्। सुपर–३० की अभिनेत्री मृणाल ठाकुर पनि तिनै कलाकार मध्येकी एक हुन् जो तत्काल सेटमा जान तयार छैनन्। उनका लागि स्वास्थ्य पहिलो प्राथमिकता हो।

मृणालले आईएएनएससँग भनिन्, ‘म अहिलेसम्म सुटिङका लागि तयार भएकी छैन। मलाई लाग्छ, म एउटा सुटका लागि तयार हुनु भनेको धेरैको स्वास्थ्य खतरामा पार्नु हो। वास्तवमा म अहिले निर्णय लिन असमर्थ छु। मुम्बईमा मनसुन सुरु भएको छ। विशेष रूपमा अहिले फ्लु जस्ता रोग फैलिने सम्भावना धेरै हुन्छ।’

मृणालले सुटिङ सुरु गर्नुभन्दा पहिले जिम्मेवार हुन आग्रह गरेकी छन्। ‘काम जरुरी हो तर जो जो काम सुरु गर्ने योजना बनाइरहेका छन्, उनीहरूले पूरा सावधानी अपनाउनु पर्छ’, उनले भनिन्, ‘स्वास्थ्य पहिलो प्राथमिकता हो। काम ढिलो गर्नु एकमात्र विकल्प होइन। त्यसैले उचित उपाय अपनाउनु पर्छ।’

अभिनेता तनुज विरवानीले पनि यो कुरामा सहमति जनाएका छन्। भन्छन्, ‘म सुटिङ सेट धेरै सम्झन्छु तर म जुन प्रोजेक्टका लागि सुटिङ गर्दै थिएँ, त्यसमा धेरै कलाकार र क्रु आवश्यक पर्छ। सानो टिमले हुने काम भए गर्दा हुन्छ तर व्यक्तिगत रूपमा मलाई जुलाई अन्तिम वा अगस्टको पहिलो साताभन्दा पहिले पूरा रूपमा सुटिङ सुरु हुन्छ जस्तो लाग्दैन।’

अभिनेता वरुण शर्मा भन्छन्, ‘म क्यामेरा फेस गर्न उत्सुक छु तर म त्यति बेला मात्रै सुटमा जान्छु, जति बेला सुरक्षित महसुस गर्छु।’ अभिनेता तथा गायक अपारशक्ति खुराना अहिलेको स्थिति सुनिश्चित नभएको बताउँछन्। एजेन्सी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.