सर्यो ‘टेनेट’ र ‘वन्डर वुमन–१९८४’
लस एन्जलस : फिल्मकार क्रिस्टोफर नोलनको थ्रिलर फिल्म ‘टेनेट’ र गेल गैडोट अभिनीत फिल्म ‘वन्डर वुमन–१९८४’को रिलिज मिति कोरोना संकटका कारण फेरिएको छ। अब यी फिल्म फरक डेटमा रिलिज हुनेछन्।
भेराइटी डटकमका अनुसार रबर्ट पैटिनसन र जोन डेबिड वासिङ्टनको अभिनय रहेको टेनेट अब जुलाई ३१ मा रिलिज हुनेछ। यसअघि यो फिल्मको रिलिज डेट जुलाई १७ का लागि तोकिएको थियो।
यस्तै वार्नर ब्रदर्सको सुपर हिरो फिल्म ‘वन्डर वुमन–१९८४’को रिलिज डेट अगस्ट १४ बाट बढाएर अक्टोबर २ पुर्याइएको छ। फिल्मको रिलिज डेट दोस्रोपटक सारिएको हो। सुरुमा यो फिल्म जुन ५ मा रिलिज हुने बताइएको थियो। ‘वन्डर वुमन १९८४’ २०१७ को हिट फिल्म ‘वन्डर वुमन’को सिक्वेल हो। -एजेन्सी