राष्ट्रिय ललितकला पुरस्कार घोषणा

राष्ट्रिय ललितकला पुरस्कार घोषणा

काठमाडौं : कलाकार शंकरनाथ रिमाल र सन्तकुमार शाक्यलाई राष्ट्रिय अरनिको सम्मान–२०७७ प्रदान गरिने भएको छ। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले कला क्षेत्रका विभिन्न पुरस्कार घोषणा गरेको हो। पुरस्कारको राशि एक लाख रुपैयाँ छ।

प्रतिष्ठानले सात विधामा राष्ट्रिय ललितकला पुरस्कार घोषणा गरेको छ। मिलन शेरचन (हस्तकला), सुरेश लावट (परम्परागत मूर्तिकला), भूषण दुवाल (आधुनिक मूर्तिकला), गणेश जीसी (आधुनिक चित्रकला), कृष्णराम घेमेसू (परम्परागत चित्रकला), लक्ष्मण मण्डल (लोककला) र प्रमिला लामा (वास्तुकला तथा अन्य सिर्जनात्मक कला)लाई राष्ट्रिय पुरस्कार प्रदान गरिने जनाइएको छ। पुरस्कारको राशि जनही ६० हजार रुपैयाँ छ।

त्यस्तै हस्तकला विधाबाट माणिकमान शाक्य र राजेश महर्जनलाई विशेष पुरस्कार प्रदान गरिने भएको छ। परम्परागत मूर्तिकलाबाट शुभरत्न वज्राचार्य र डा. रामसागर पण्डितलाई पुरस्कृत गरिने भएको छ। आधुनिक मूर्तिकलातर्फ विशाल सारूमगर र देवेन्द्रप्रसाद पाण्डे, परम्परागत चित्रकलामा विनम्र डंगोल, जिग्मे तामाङ, आधुनिक चित्रकलामा सुरेश बस्नेत, विद्यमान तामाङ र दलबहादुर राई, लोककला विधामा मित्थु थारू र बाबुराम बस्ताकोटी तथा वास्तुकला तथा अन्य सिर्जनात्मक कला विधातर्फ सुमन राई, कुशल कार्की र रवि मिश्र छानिएका छन्। पुरस्कारको राशि २५ हजार रुपैयाँ छ।

प्रदेश १ बाट कौशिला राई, प्रदेश २ बाट रुविकुमारी कर्ण, बाग्मतीबाट प्रकाश मिजार, गण्डकीबाट दलबहादुर गुरुङ, प्रदेश ५ बाट आकाश बुढामगर, कर्णालीबाट मीनबहादुर नेपाली तथा सुदूरपश्चिम प्रदेशबाट गणेशदेवी चौधरी पुरस्कृत भएका छन्। पुरस्कारको राशि २५ हजार रुपैयाँ छ।

कलाकार केशव खनाललाई ललितकला राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७७ प्रदान गरिने भएको छ भने लय मैनालीलाई ललितकला राष्ट्रिय लेखन पुरस्कार–२०७७ प्रदान गरिने भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.