ट्याक्टर दुर्घटनामा चालकको मृत्यु
जोमसोम : मुस्ताङको लोघेरक दामोदरकुण्ड गाउँपालिका-३ याम्दामा आइतबार बिहान ट्याक्टर दुर्घटना भएको छ। गाउँपालिकाको नवनिर्मित कार्यालय भवनको निर्माण सामग्री लिन वारागुङ मुक्तिक्षेत्र-३ छुसाङतर्फ आउने क्रममा जोमसोम कोरला सडकबाट ग १ ख ५४३५ नम्बरको ट्याक्टर करिब ३० मिटर तल खस्दा चालकको मृत्यु भएको हो। चालक बाग्लुङ जिल्ला घर भएर लोघेकर दामोदरकुण्ड-१ मराङ बस्ने २६ वर्षीय झलक घर्ती मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।
दुर्घटनापछि ट्याक्टरका चालकलाई अस्पताल ल्याउदा चिकित्सकले मृत घोषणा गरेको मुस्ताङका प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए। चराङबाट छुसाङ आउने क्रममा सडक चिप्लो भई ट्याक्टर अनियन्त्रित हुदा अचानक दुर्घटना भएको उनले बताए। दुर्घटनाको कारण बारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।