महोत्तरीका ४८ पत्रकारको कोरोना बीमा

महोत्तरीका ४८ पत्रकारको कोरोना बीमा

बर्दिबास : महोत्तरीको बर्दिबासस्थित विनायक होटलका संचालक विष्णु खड्काले जिल्लाका ४८ जना पत्रकारको 'कोरोना बीमा' गरिदिएका छन् । व्यवसायी खड्काले शिखर इन्स्योरेन्स कम्पनीसँग समन्वय गरेर उनले आफ्नो लगानीमा १÷१ लाख गरी ४८ लाख बराबरको बीमा गरिदिएका हुन् ।

बीमा अवधिको समय आउँदो चैत्र ३० गतेसम्म रहने छ ।एक कार्यक्रमका बीच व्यवसायी खड्काले बर्दिबास नगरपालिका मेयर विदुर कुमार कार्कीको उपस्थितिमा नेपाल पत्रकार महासंघ महोत्तरीका अध्यक्ष कमलेश मण्डललाई कोरोना बीमाको प्रमाण पत्र हस्तान्तरण गरेका छन् ।

कोरोनाको महामारीमा दिनरात ज्यान जोखिमा राखेर काम गरिहेको देखेर आफूले पत्रकारको जीवन रक्षा गर्न बीमा गरेको व्यवसायी खड्काले जनाएका छन् । 'कोरोना बीमाले रिपोटिङ्गमा खटिएका पत्रकारलाई काम गर्न आत्मबल बढ्ने मेरो विश्वास छ,उनले भने, 'पत्रकार राज्यको चौथौं अंग हो, यसलाई बचाएर राख्नुपर्छ।'

 
व्यवसायी खड्काले यसअघि बर्दिबास नगरपालिकाले संचालन गरेको क्वारेन्टाइनमा बसेकालाई करीब ७ लाख खर्चेर एक महिनासम्म निःशुल्क खाना, खाजालगायत सहयोग गरेका थिए । बर्दिबास नगरपालिका मेयर विदुर कुमार कार्कीले महामारीमा जोखम मोलेर काम गरिरहेका पत्रकारलाई हौसल्ला बढाउनु पर्नेमा जोड दिए । 'सबै मिलेर पत्रकारको जीवन रक्षा गर्नुपर्छ । कोरोना भाइरसको महामारीबीच पत्रकार अग्र मोर्चामा रहेर सूचना प्रवाहको काम गरिरहेका छन्,'मेयर कार्कीले भने ।

नेपाल पत्रकार महासंघ महोत्तरीका अध्यक्ष कमलेश मण्डलले कोरोना बिमा गरेर पत्रकारहरुको जीवन रक्षामा सहयोग गरेको भन्दै व्यवसायी खड्काप्रति अभार प्रकट गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.