सुदूरपश्चिममा थप ४३ जनामा कोरोना पुष्टि
धनगढी : सुदूरपश्चिममा आइतबार थप ४३ जनामा कोरोना पुष्टि भएको छ । धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा थप ४३ जनामा कोरोना पुष्टि भएको हो । प्रदेशमा १० महिला र १९ पुरुषमा कोरोना संक्रमण देखिएको छ । योसँगै प्रदेशमा नौ सय ९१ जनामा कोरोना पुष्टि भएको हो ।
अस्पतालका अनुसार सबैभन्दा बढी कैलालीमा २९ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । धनगढी उपमहानगरपालिकामा १८, गोदावरी नगरपालिकामा आठ, टिकापुर नगरपालिकामा एक र मोन्याल गाउँपालिकामा २ जनामा कोरोना संक्रमण देखिएको छ । कञ्चपुरनको शुक्लाफाँटा, पुर्नवास र बेलौरी नगरपालिकामा एक/एक जनामा कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
बाजुरामा दुई, बैतडीको सिगास गाउँपालिकामा दुईजनामा कोरो रिपोर्ट पोजिटिभ देखिएको हो । डोटीको पुर्वीचौकी गाउँपालिका र शिखर गाउँपालिका गरी ५ जनामा कोरोना भएको पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । यसै गरी डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा दुईजनामा कोरोना संक्रमण भएको छ ।शनिबार मात्र सुदूरपश्चिममा एकै दिन एक सय ६३ जनामा कोरोना रिपोर्ट पोजिटिभ आएको थियो ।