रोल्पामा ३ जनामा संक्रमण : संक्रमितको संख्या ४४ पुग्यो

रोल्पामा ३ जनामा संक्रमण : संक्रमितको संख्या ४४ पुग्यो

रोल्पा : रोल्पामा आइतबार ३ जना कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगञ्जमा गरिएको पिसिआर परीक्षणबाट १ महिलासहित ३ जनामा कोरोना संक्रमण देखिएको हो । नयाँ संक्रमितसहित जिल्लामा संक्रमितको संख्या ४४ पुगेको छ ।

    
आइतबार दिउँसो २ बजे अस्तालले जारी गरेको सूचना अनुसार सुनिलस्मृति गाउँपालिकाको वडा नं. ४ र ७ का तीन जनामा कोरोना संक्रमण देखिएको हो । सुनिलस्मृति गाउँपालिका–४ का २० वर्षीय पुरुष, वडा नं. ७ का २१ वर्षीय पुरुष र २५ वर्षीया महिलामा संक्रमण देखिएको अस्पतालले जनाएको छ । यसअघि सुनिलस्मृति गाउँपालिकामा ३२ जना संक्रमित फेला परेका थिए । योसहित गाउँपालिकामा संक्रमितको संख्या ३५ पुगेको छ । संक्रमितमा ३ महिला र ३२ पुरुष रहेका गाउँपालिका स्वास्थ्य शाखाकी संहसंयोजक सावित्रा थापाले जानकारी दिइन् ।
    
पूर्वी रोल्पाको लुंग्री गाउँपालिकामा यसअघि नै १ महिला र १ पुरुष कोरोना संक्रमित देखिएका थिए । रोल्पा नगरपालिकाका मेयर पुरण केसीका अनुसार नगरपालिकामा ७ संक्रमित छन् । 

जिल्ला आइलोसेन केन्द्रका इन्चार्ज डा. अनिल केसीका अनुसार ६ महिनाकी गर्भवती महिलासहित ४० जना कोरोना संक्रमित आइसोलेसन केन्द्रमा छन् । एक संक्रमित बालक सुनिलस्मृति गाउँपालिकाको सूर्योदय विद्यालयको क्वारेन्टाइनमै छन् । आइतबार संक्रमित पहिचान भएकालाई पनि सदरमुकाम लिबाङको जलजला क्याम्पसमा संचालन भइरहेको आइसोलेन केन्द्र ल्याउने तयारी भइरहेको छ ।

५० बेडसहितको आइसोलेसन केन्द्र बनाउने प्रदेश सरकारको निर्देशन भए पनि ७० बेड क्षमताको आइलोसेन केन्द्र संचालन गर्न सक्ने गरी तयारी गरिएको डा. केसीले जानकारी दिए । जिल्लामै पहिलोपटक व्यवस्थित आइसोलनस केन्द्र संचालनमा रहेको जनाइएको छ । जहाँ प्रत्येक कोठामा सिसी क्यामेरा र इन्टरकोम फोनसमेत जडान गरिएको छ । 

सिसी क्यामेराबाट स्वास्थ्यकर्मीको टोलीले नियमित निगरानी गर्न सजिलो भएको छ भने स्वास्थ्यमा केही समस्या आएमा संक्रमितले जुनसुकै बेला डा.को टिमलाई खवर गर्न सहज भएको छ । ‘संक्रमितको दैनिक चार पटक नियमित जाँच गर्दै आएका छौं’, डा. केसी भन्छन्, ‘आइलोसेनमा रहेका सबैको स्वाथ्य अवस्था सामान्य रहेको छ ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.