थप ४२१ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ९ हजार नाघ्‍यो

थप ४२१ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ९ हजार नाघ्‍यो

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ९ हजार नाघेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शनिबार मात्र ४२१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९ हजार २६ पुगेको हो।

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट  एक लाख ७५ हजार एक सय ७३ र आरडीटी विधिबाट दुई लाख ६२ हजार एक सय ७४ जनाको नमुना परीक्षण गरिएको छ । 
पछिल्लो २४ घण्टामा २२ प्रयोगशाला पीसीआर विधिबाट ६ हजार ८  र आरडीटी विधिबाट ९ हजार आठ सय ७४ जनाको नमुना परीक्षण गरिएको छ । 

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ९४ हजार ९ सय २८  छन् भने आइसोलेसनमा सात हजार दुई सय ३१ जनाको उपचार भइराखेको छ । आइतबार ८ महिला  र १८६ पुरुष गरेर १९४ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म कोरोना जित्नेको संख्या भने  १७ सय ७२ पुगेको छ । जसमध्ये १४९ महिला र १६ सय २३ पुरुष रहेका छन् ।  

आइतबार चार सय २१ जना संक्रमितमध्ये ६४ महिला र  ३५७ पुरुष छन् । कुल संक्रमित ९०२६ मध्ये ८२० महिला र आठ हजार दुई सय ६ पुरुष छन् । मृतकको संख्या २३ पुगेको छ । कोरोनाले ज्यान गुमाएका २३ मध्ये चार महिला र १९ पुरुष छन् । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.