सोसल मिडियाबाट भाग्दै रेबेका
हलिउड : हलिउड फिल्म ‘आइरन म्यना– ३’ की अभिनेत्री रेबेका हल आफ्नो व्यक्तिगत जीवन सोसल मिडियामा ल्याउन मन पराउँदिनन्। उनी इन्स्टाग्राममा छिन् तर उनका पोस्टहरू सायदै देख्न पाइन्छ। उनले भनिन्,
‘मेरो पारिवारिक जीवन र सार्वजनिक जीवनभन्दा अलग छ।’
सोसल मिडियाबाट किन टाढा बस्न चाहेको ? उनले भनिन्, ‘मलाई जानकारी छ, यो मामलामा म निकै खराब छु।’ उनले आईएएनएससँग भनिन्, ‘मलाई यो काम निकै मुस्किल लाग्छ। इमानदारीपूर्वक भन्नुपर्दा म प्राइभेट व्यक्ति हुँ। आफ्नो व्यक्तिगत जीवन सार्वजनिक जीवनभन्दा टाढा नै राख्न चाहन्छु। मैले कुनै कुरा लुकाउन खोजेको पनि होइन र लुकाउनुपर्ने पनि छैन तर पारिवारिक जीवन मेरो आफ्नो हो।’
‘मेरो एउटा पोस्टले मैले काम गरेको प्रोजेक्टलाई मद्दत पुग्छ भन्ने पनि मलाई जानकारी छ तर मलाई हरसमय आफ्नो तस्बिर पोस्ट गर्न मुस्किल लाग्छ’, उनले भनिन्। उनी अहिले ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा टेल्स फ्रम द लुपमा लरेटाको भूमिकामा देखिँदै छिन्।