मुस्ताङमा आधुनिक खेलग्राम

मुस्ताङमा आधुनिक खेलग्राम

जोमसोम : मुस्ताङको घरपझोङ गाउँपालिका–४, जोमसोममा सुविधासम्पन्न खेलग्राम निर्माणको काम सुरु भएको छ । दीर्घकालीन महŒवको एक स्थानीय तह एक खेलग्रामसहितको पूर्वाधार निर्माण गर्ने योजनाअनुसार जोमसोममा खेलग्राम निर्माण हुन लागेको घरपझोङ गाउँपालिकाले जनाएको छ ।

बहुवर्षीय योजनाअन्तर्गत उक्त खेलग्राम निर्माण गर्न करिब ६ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । जोमसोममा निर्माणाधीन खेलग्रामका लागि चालू आर्थिक वर्षमा युवा तथा खेलकुद मन्त्रालयको ५० लाख, राष्ट्रिय खेलकुद परिषद्को ४० लाख, घरपझोङ गाउँपालिकाको समपूरक बजेट २१ लाख र स्थानीय जन श्रमदान बापतको १० लाख गरी कुल एक करोड २१ लाख रुपैयाँको काम हुने घरपझोङका इन्जिनियर सकलदेव शर्माले जानकारी दिए ।

खेलग्राम निर्माणका लागि युवा तथा खेलकुद मन्त्रालयले ५० लाख रुपैयाँ स्थानीय तहलाई पठाएको छ भने राष्ट्रिय खेलकुद परिषद्ले ४० लाख बजेट जिल्ला खेलकुद विकास समितिलाई पठाएको इन्जिनियर शर्माले बताए । चालू आर्थिक वर्षको प्राप्त बजेटको लागत स्टिमेट तयार गरी सुरुआती फाउन्डेसन निर्माण लगायतको काम भइरहेको छ ।

एउटै खेलग्राम निर्माणका लागि दुई निकायबाट बजेट प्राप्त भएकाले पालिका र खेलकुद विकास समितिका दुई उपभोक्ता समितिले काम सञ्चालन गरेको जानकारी जिल्ला खेलकुद विकास समिति मुस्ताङका सचिव सुमन थकालीले दिए ।

घरपझोङमा खेलग्राम निर्माणको काम हुँदै । तस्बिर :  सुन्दरकुमार थकाली

एक स्थानीय तह एक खेलग्राम निर्माणका लागि प्रदेश खेलकुद विकास समितिले डीपीआर तयार गरेको हो । जोमसोममा बन्ने खेलग्राममा दुईतले पक्की भवन, इन्डोर खेल मैदान, अफिस कोठा, चेन्जिङ रुम, प्यारापिट, भीआईपी कक्ष, मेडिसिन हल, शौचालय लगायतका संरचना निर्माण हुनेछन् ।

धार्मिक तथा पर्यटकीय महŒव बोकेको जिल्ला मुस्ताङमा बर्सेनि थाक खेलकुद तथा सांस्कृतिक विकास संघले थाक भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ । यसैगरी बर्सेनि अन्तरविद्यालय राष्ट्रपति तथा उपराष्ट्रपति कप खेलकुद कार्यक्रम सञ्चालन हुने गरेको छ । समुद्री सतहदेखि दुई हजार पाँच सय मिटर उचाइमा रहेको हिमाली जिल्ला मुस्ताङमा इन्डोर खेलकुद मैदान नहुँदा समस्या पर्दै आएको थियो । यहाँ निकै हावा चल्ने हुनाले खेल सञ्चालन गर्न कठिन पर्ने गरेको छ ।

यसै वर्ष उपल्लो मुस्ताङको लोमान्थाङ–४, किम्लिङमा पनि करिब ६ करोड रुपैयाँको लागतमा अत्याधुनिक खेलग्राम निर्माणको काम भइरहेको गण्डकी प्रदेशका सांसद इन्द्रधरा विष्टले जानकारी दिए । उनका अनुसार खेलग्राम निर्माण गर्न चालू आर्थिक वर्षमा मन्त्रालयले एक करोड बजेट विनियोजन गरेको छ । खेलग्राम निर्माणले लोछोदिन क्षेत्रको खेलकुद विकासमा महŒवपूर्ण टेवा पुग्ने सांसद विष्टको भनाइ छ । अहिले त्यहाँ खेलग्रामका लागि जग्गा सम्याउने काम भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.