गौतमले दिए काभ्रेका सबै स्वास्थ्यकर्मीको कोरोना बिमा गर्न रकम

गौतमले दिए काभ्रेका सबै स्वास्थ्यकर्मीको कोरोना बिमा गर्न रकम

धुलिखेल : काभ्रे कोशीपारीका निर्माण व्यवसायी रामबहादुर गौतमले जिल्लाका सबै स्वास्थ्यकर्मीको कोरोना बिमा गर्नका लागि आर्थिक सहयोग गरेका छन् । जिल्लाका १३ स्थानीय तहमा कार्यरत ७४९ जना स्वास्थ्यकर्मीहरुको बिमा गर्नको लागि ४ लाख ४९ हजार चार सय रुपैयाँको चेक प्रमुख जिल्ला अधिकारी एवं जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक श्रवण कुमार तिमिल्सिनालाई हस्तान्तरण गरेका हुन् । 

निर्माण व्यवसायी गौतमले प्रति स्वास्थ्यकर्मीको ६ सय रुपैयाँका दरले लाग्ने रकम प्रमुख जिल्ला अधिकारी तिमिल्सिनालाई हस्तान्तण गरेका हुन्। जिल्लामा कार्यरत स्वास्थ्यकर्मीहरुको एक वर्षको वर्षका लागि १ लाख बराबरको कोरोना बिमा गर्न व्यवसायी गौतमले सहयोग गरेका हुन्।

 ।कोरोना महामारीमा स्वास्थ्यकर्मी नै पहिलो घेरामा रहेर खटिनुपर्ने भएकाले प्रोत्साहनका लागि बिमा गर्न सहयोग गरेको गौतमले बताए । ‘पहिलो कोरोनाबाट मृत्यु भएकी महिलाको उपचार पनि काभ्रेमै भएको हो।’ गौतमले भने, ‘त्यस अवस्थामा समेत जोखिम मोलेर काम गरिरहनुभएका स्वास्थ्यकर्मीको कोरोना बिमा गरेर सहयोग गरौ भन्ने लागेर सहयोग गरेको हुँ’

निर्माया व्यवसायी गौमतले नेपाल पत्रकार महासंघ काभ्रे शाखालाई ५० हजार नगद सहयोग गरेका छन् । कोरोनाको विपदमा खटिरहेका पत्रकारहरुको हकहितको लागि पत्रकार महासंघ काभ्रेलाई नगद सहयोग गरिएको व्यवासयी गौतमले बताए । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.