चौरजहारी अस्पतालमा ९ जनाले जिते कोरोना
रुकुम : रुकुम पश्चिममा रहेको चौरजहारी अस्पतालबाट ९ जनाले कोरोना जीतेर घर फर्किएका छन् । सल्यानको बन्गाड कुपीण्डे नगरपालिकाको विभिन्न ठाउँका कोरोना संक्रमितलाई चौरजहारी अस्पतालको आइसोलेसन कक्षमा राखेर उपचार गरिएको थियो ।
उनीहरुले १४ दिनपछि कोरोना जितेर घर फर्केको अस्पतालका डाक्टर काली बुढाले जानकारी दिए ।सल्यानको बन्गाड कुपीण्डे नगरपालिका-४ का २१, २७, २०, २८, २५ र ३० वर्षीय पुरुष, नगरपालिका-५ का, २२ वर्षीय पुरुष, वडा नम्बर ३ का २६ र ३० वर्षीय पुरुष कोरोना जितेर घर फर्किएको डाक्टर बुढा बताए ।
उक्त नगरपालिकाका २४ र २५ वर्षीय पुरुष अझै आइसोलेसनमा रहेको उनले बताए । ९ जनाको स्वाब पुनः परीक्षण गर्दा नेगेटिभ आएको र बाँकी दुईजनाको पोजिटिभ आएकाले उनीहरुलाई अझै आइसोलेसनमा राखेर उपचार भइरहेको छ।