शैलुङ गाउँपालिकाले सार्वजनिक गर्‍यो कोरोना सर्तकताको आम्दानी खर्च

शैलुङ गाउँपालिकाले सार्वजनिक गर्‍यो कोरोना सर्तकताको आम्दानी खर्च

चरिकोट : पश्चिमी दोलखाको शैलुङ गाउँपालिकाले कोरोना सर्तकता र रोकथामका लागि आइतबारसम्म भएको सम्पूर्ण आम्दानी र खर्च सार्वजनिक गरेको छ । कोरोना महामारीको सर्तकता र रोकथामको लागि बागमती प्रदेशमै पहिलोपटक दोलखाको शैलुङ गाउँपालिकाले आम्दानी खर्च सार्वजनिक गरेको हो । 

कोरोना महामारी सर्तकता र रोकथामका लागि शैलुङ गाउँपालिकाले पछिल्लो ४ महिनादेखि आइतबारसम्म ३८ लाख ९९ हजार पाँचसय ७० रुपैयाँ खर्च भएको शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले जानकारी दिए ।

बागमती प्रदेशको अनुदान १० लाख र गाउँपालिकाको आन्तरिक स्रोत ३१ लाख ३३ हजार एकसय ६६ रुपैयाँ आम्दानी गरेको अध्यक्ष दुलालले जनाए । नेपालमा कोरोना महामारी सर्तकता र रोकथाममा भएको खर्च सार्वजनिक गर्न आन्दोलन नै चलिरहेका बेला शैलुङ गाउँपालिकाले सार्वजनिक गरेको आम्दानी र खर्चको फेहरिस्तलाई निकै सकारात्मक रुपले दिइएको छ ।

गाउँपालिकाले सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा बढी क्वारेन्टाइन व्यवस्थापनको लागि खर्च भएको छ । क्वारेन्टाइन व्यवस्थापनका लागि मात्र शैलुङले १७ लाख ८४ हजार पाँचसय ९ रुपैयाँ खर्च गरिएको अध्यक्ष दुलालले बताए ।

पालिकाभर रहेको स्वास्थ्य संस्थालाई अनुदानस्वरुप ९ लाख, स्थानीय तहमा राहत वितरणका लागि ८ लाख तथा सो सामग्री ढुवानी र वडा कार्यालयको लागि एक लाख ६० हजार खर्च गरिएको छ । गाउँपालिकाले प्रहरी चौकी व्यवस्थापनका लागि समेत एकलाख ७५ हजार अनुदान खर्च गरेको अध्यक्ष दुलालले जनाए । 

आरडीटी किट खरिद, बोलेरोभाडा र भ्रमण खर्च गरी ८० हजार ६१ सहित कूल ३८ लाख ९९ हजार पाँचसय ७० खर्च भई २ लाख ३३ हजार पाँचसय ९६ रुपैयाँ खर्च हुन बाँकी रहेको अध्यक्ष दुलालले जानकारी दिए । शैलुङ गाउँपालिकाले सार्वजनिक गरेको आम्दानी खर्च पारदर्शीताको कारण जिल्लामा रहेका २ नगरपालिका र ६ गाउँपालिकाहरुलाई पनि आम्दानी खर्च सार्वजनिक गर्न दबाव परेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.