कर्णालीमा थप २६ जनामा संक्रमण : संक्रमितको संख्या १२८२ पुग्यो

कर्णालीमा थप २६ जनामा संक्रमण : संक्रमितको संख्या १२८२ पुग्यो

सुर्खेत : कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना संक्रमण पृष्टी भएको छ । प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षण रिपोर्ट अनुसार थप २६ जनामा कोरोना संक्रमण पृष्टी भएको हो । 

जसमा सुर्खेतका १८, दैलेखका ३, सल्यानका ४ र हुम्लाका एक जना संक्रमित रहेका छन् । योसँगै कर्णालीमा कोरोना संक्रमितको जम्मा संख्या १ हजार २ सय ८२ पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार सोमबार थप २० जनाले कोरोना जितेर घर फर्किएका छन् । कर्णालीमा कोरोनाबाट निको हुनेको संख्या ५ सय ५१ पुगेको छ । 

सोमबार कोरोना जीतेर घर फर्किनेहरुमा चौरजहारी अस्पताल रुकुमपश्चिमबाट ९ जना पुरुष, सालकोट आइसोलेसन सुर्खेतबाट ५ जना पुरुष र १ जना महिला र मेहलकुना अस्पताल सुर्खेतबाट २ पुरुष र ३ जना महिला रहेका छन् । कर्णाली प्रदेशमा हालसम्म करिब १८ हजारको कोरोना परीक्षण गरिएको छ । भने कर्णालीमा कोरोना पृष्टी भइ मृत्यु हुनेको संख्या ४ पुगेको छ । 

कर्णालीमा हालसम्म सबैभन्दा बढी दैलेखमा ७ सय १४ र सबैभन्दा कम डोल्पामा १ तथा मुगु र हुम्लाका २-२ जनामा कोरोना पृष्टी भएको छ । यस्तै सल्यानका १ सय ७३, सुर्खेतका २ सय ९७, जाजरकोट १०, कालिकोट ४२, जुम्ला २४ र अन्य प्रदेशका १६ जनामा कोरोना पृष्टी भएको स्वास्थ्य माहाशाखाको रिपोर्टमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.