एक सातादेखि फैलिएको झाडापखाला नियन्त्रण
नुवाकोट : नुवाकोटको पुर्वी भेगमा रहेको ढकाल गाउँको झाडापखाला नियन्त्रणमा आएको छ। एक सातादेखि फैलिएको झाडापखालाको प्रकोप सोमवारदेखि नियन्त्रणमा आएको हो।
लिखु गाउँपालिका-२ ढकाल गाउँमा एक सातादेखि झाडापखालाको प्रकोप बढेको थियो। सो गाउँका करिब ३० घरमा ५० जना भन्दा बढीलाई झाडापखाला लागेको थियो।
स्थानीयमा झाडापखालाको प्रकोप देखिएसँगै स्वास्थ्यकर्मीको टोली नै उपचार गर्न प्रत्येक विरामीको घरघर पुगेका थिए। स्वास्थ्यकर्मीको टोलीले उपचार गरेपछि हाल अवस्था सामान्य रहेको वडाध्यक्ष भीमबहादुर घलेले जानकारी दिए। लिखु गाउँपालिका-२ ढकालगाउं साबिक खानीगाउ वडा नं ७ र ९ का ५० जनालाई झाडापखाला लागेको स्थानीयको भनाई छ।
लगातारको बर्षाको कारण पानीको मुहान फोहोर भएकोले गाउँमा झाडापखालको प्रकोप देखिएको स्वास्थ्यकर्मीले बताए।