पिंकलाई पेनिक अट्याक
आफ्नो छोरा जेमसन कोरोना भाइरससँग लडिरहेको देखेपछि अमेरिकी गायिका पिंकलाई पेनिक अट्याक भएको थियो। छोराको स्वास्थ्यलाई लिएर उनले निकै तनाव महसुस गरिरहेकी थिइन्।फिमेल फस्र्ट डट को डट यूकेको रिपोर्टअनुसार पिंकले इन्स्टाग्राममा थेरेपिस्ट वेनेसा इनसँग सल्लाह लिएको उल्लेख गरेकी छन्। फरकफरक व्यक्तिमा फरक किसिमको चिन्ता महसुस हुने पनि उनले उल्लेख गरेकी छन्। ‘म तपाईंसँग फोनमा कुरा गर्दै गर्दा मलाई पहिलो पेनिक अट्याक भयो। त्यतिबेला म छोरोको स्वास्थ्यलाई लिएर निकै चिन्तित थिएँ’, उनले भनिन्। गायिकाले आफ्नो रोग हटाउने श्रेय वेनेसा इनलाई नै दिएकी छन्।