खोलाले बगाएका बालककोे शव भेटियो
अर्घाखाँची : अर्घाखाँचीको पाणिनी गाउँपालिकामा तीन दिनदेखि खोलाले बगाएर बेपत्ता भएका बालकको शव भेटिएको छ । तीन देखि बेपत्ता भएका पाणिनी गाउँपालिका–४ पटौटीका सन्तबहादुर नेपालीका १३ वर्षीय छोरा पुजन नेपालीको शव स्थानीय दुर्गाखोलामा भेटिएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले बताएको छ ।
बालककी सुस्त मनस्थिती माइली आमासँग घर नजिकैको बारीमा जाँदै गर्दा खहरे जुकेखोला तर्न नसक्दा उनलाई खोलाले बगाएको थियो । सडेको अवस्थामा भेटिएको बालकको शवलाई पहिरोले बाटो अवरुद्ध हुँदा पोस्टमार्टमका लागि अर्घाखाँची अस्पताल ल्याउन सम्भव नभएपछि परिवारले त्रिवेणीमा दाहासंस्कार गरेका छन् ।