राष्ट्रिय विद्युत प्रशारण लाइनले जोडिंदै उपल्लो मुस्ताङ

राष्ट्रिय विद्युत प्रशारण लाइनले जोडिंदै उपल्लो मुस्ताङ

जोमसोम : मुस्ताङको उत्तरी कोरलानाका तथा उपल्लो मुस्ताङका दुई स्थानीय तह राष्ट्रिय विद्युत प्रशारण लाइनले जोडिने भएको छ ।  गण्डकी प्रदेशको उज्यालो प्रदेश कार्यक्रम अन्तरगत उपल्लो मुस्ताङमा धमाधम विद्युत जडानको काम भइरहेको जनाइएको छ । 

गण्डकी प्रदेश सरकारले नेपाल सरकारसँगको सहकार्यमा राष्ट्रिय प्रशारण लाइन र विद्युत पहुँच पुग्न नसक्ने स्थानमा सौर्य उर्जा विस्तारको कार्यक्रम अघि बढाएको हो । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा विद्युत विस्तार तथा सौर्य उर्जा विस्तारको योजना रहे पनि सौर्य उर्जा बिस्तार गर्ने कार्य स्थगित भएको छ । चालु आर्थिक वर्ष २०७६/०७७ मा परेको आवश्यक बजेटबाट विद्युत बिस्तारको योजना अघि बढाइएको हो । त्यहाँ प्रदेश सरकारको निर्देशन बमोजिम विद्युत पोल ढुवानी गरी काम अघि बढेको छ ।
 

विश्व व्यापी माहामारीको रुपमा फैलिएको नोवल कोरोना भाइरस ( कोभिड—१९) ले सृजना गरेको लकडाउनका कारण नविकरणीय सौर्य उर्जा बिस्तारको काम भने प्रभावित बनेको गण्डकी प्रदेशका सांसद ईन्द्रधारा बिष्टले जानकारी दिए । उनले कोरोना संक्रमण रोकिएलगत्तै सौर्यउर्जा बिस्तारलाई प्राथमिकता दिइने बताए । 

सांसद बिष्टका अनुसार उज्यालो प्रदेश कार्यक्रममा उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकालाई राष्ट्रिय विद्युत प्रशारण लाइनमा जोड्नका लागि नेपाल विद्युत प्राधिकरण र प्रदेश सरकारको संयुक्त पहलमा मुख्य प्रशारण लाइनलाई चाहिने आवश्यक पोल पुगिसकेको जानकारी दिए । प्रदेशले त्यहाँ लोमान्थाङमा ३ सय ८६ पोल र शाखामा १ सय ८० थान विद्युत पोल पुर्‍याएको छ भने लोघेकर दामोदरकुण्डमा मुख्य प्रशारण लाइनलाई १ सय ९६ थान र शाखाका लागि ७० थान विद्युत पोल लगायतका सामाग्री खरिद गरी म्याग्दीको तातोपानी विद्युत बितरण केन्द्रसम्म पुर्‍याएको थियो । 

त्यहाँबाट पोल ढुवानी खर्च स्थानीय तहले गर्ने गरी सम्बन्धित स्थानमा पुगेर काम अघि बढेको सांसद बिष्टले जानकारी दिए । उनले विद्युतको प्राविधिक जडान कार्य प्राधिकरणका कर्मचारी खटिएको बताए। उपल्लो मुस्ताङका २ पालिकामा विद्युत पहुच बिस्तार संम्भव नभएका स्थानमा नविकरणीय सौर्य उर्जा बिस्तारका लागि आवेदन खुल्ला गरिएको थियो । 

चालु वर्ष करिव ६ सय बढीले सौर्यउर्जाका लागि आवेदन दिएको जलउत्पन्न प्रकोप तथा सिचाई विकास डिभिजन कार्यालका प्रमुख झलकमोहन ओझाले जानकारी दिए । चालु वर्ष सौय उर्जाका लागि प्रदेश सरकारले १ करोड १६ लाख बिनियोजन गरेको थियो । सौर्य उर्जाको ठेक्का सम्झौता ७८ लाख ६१ ह्जारमा लिएको ओझाले बताए । स्थानीयको माग अनुसार प्रदेश सरकारले ७५ प्रतिशत अनुदानमा सोलार वितरण गर्न लागिएको थियो । हाल सबै प्रक्रिया कोरोना कहले रोकिएको ओझाको भनाई छ । उनका अनुसार लोमान्थाङको १,२,३ र ४ वडा ,लोघेकर दामोदरकुण्डको १,२ र ३ र वारागुङ मुक्तिक्षेत्रको  ४ र ५ वडाका स्थानीयले सौर्य उर्जा माग गरेका हुन् ।

गण्डकी प्रदेशले आर्थिक वर्ष ०७७-०७८ का लागि संघीय सरकारसंग समन्वय गरी तनहु ,गोरखा ,नवलपुर ,लमजुङ ,मनाङ ,बाग्लुङ ,म्याग्दी र मुस्ताङमा राष्ट्रिय विद्युत प्रशारण लाइन बिस्तार गर्न १८ करोड बजेट बिनियोजन गरेको हो । यस्तै ,राष्ट्रिय विद्युत प्रशारण लाइन पुग्न नसक्ने स्थानमा सौर्य उर्जा बिस्तार गर्नका लागि प्रदेशले मुस्ताङसहित मनाङ,म्याग्दी र गोरखाका लगायतका जिल्लामा १ हजार १ सय ६० घरधुरीलाई सौर्य उर्जामा अनुदान उपलब्ध गराउन २ करोड ३० लाख बजेट बिनियोजन गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.