सिरिजंघामा कक्षा ११ र १२ का विद्यार्थीले मासिक शुल्क तिर्नु नपर्ने

सिरिजंघामा कक्षा ११ र १२ का विद्यार्थीले मासिक शुल्क तिर्नु नपर्ने

ताप्लेजुङ : ताप्लेजुङको सिरिजंघा गाउँपालिकामा कक्षा ११ र १२ अध्ययन गर्ने विद्यार्थीलाई मासिक शुल्क नलाग्ने भएको छ । आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा गाउँपालिकाले प्लस टु का विद्यार्थीको मासिक शुल्क तिरिदिने योजना ल्याएको हो ।  

उक्त गाउँपालिकामा प्लस टु पढाइ हुने सातवटा विद्यालय छन्। जसमा दुई सय विद्यार्थी अध्ययन गरिरहेको गाउँपालिका अध्यक्ष टिकाराम गुरुङले बताए ।  'निःशुल्क शिक्षा, हामी सबैको इच्छा' नाराका साथ गाउँपालिकालाई शैक्षिक हव बनाउने अभियान सुरु गरिने गुरुङको भनाई छ ।
 

'कञ्चनजंघा हिमालको काखमा रहेको गाउँपालिकालाई शैक्षिक हव बनाउने हाम्रो उद्देश्य हो,' गुरुङले भने, 'अब अन्य स्थानीय तहबाट आएका विद्यार्थीले पनि सिरिजंघामा कक्षा ११ र १२ निःशुल्क पढ्न पाउँछन् । 

सामुदायिक विद्यालयले कुनै पनि वहानामा विद्यार्थीबाट शुल्क उठाएको भेटिए तुरुन्त कारवाही गरिने जनाएको छ। त्यस्तै उक्त गाउँपालिकाले प्रत्येक सामुदायिक विद्यालयमार्फत स्थानीय लिम्बू भाषा र लीपि संरक्षण गर्ने कार्यक्रम समेत सञ्चालन गर्ने भएको छ । 

कृषि रोजगारीमा जोड

मंगलबार सातौं गाउँसभामा प्रस्तुत ४३ करोड ६५ लाख रुपैयाँको बजेट र ४३ बुँदे नीति तथा कार्यक्रममा पूर्वाधारभन्दा कृषि र रोजगारीमा जोड दिइएको छ। 'अध्यक्ष रोजगार कार्यक्रम' मार्फत् गाउँपालिकाले सञ्चालन गर्ने प्रत्येक योजनामा कम्तीमा ५० प्रतिशत स्थानीय श्रमको प्रयोग गरिने उल्लेख छ । जसले रोजगारीको अवसर प्रदान गरी गरिबी न्युनिकरणमा ठूलो मद्धत पुग्ने गाउँपालिकाको विश्वास छ । 

कोभिड १९ का कारण वैदेशिक रोजगारबाट फर्किएकालाई उद्यमशिल बनाउन सञ्चालन हुने 'गाउँमै रोजगार, गर्वको आधार' कार्यक्रमका लागि ४० लाख रुपैयाँ विनियोजन गरिएको छ । गाउँपालिकाले हरेक युवालाई गाउँमै बसेर काम गर्ने वातावरण बनाउने प्रमुख प्रशासकीय अधिकृत सन्तोस घिमिरेले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.