मुस्ताङको चैले-भेना सडकको धमाधम स्तरोन्नति

मुस्ताङको चैले-भेना सडकको धमाधम स्तरोन्नति

जोमसोम : मुस्ताङको जोमसोम-कोरला १ सय १० किलोमिटर सडकखण्डको चैले-भेना १३ किलोमिटर सडक स्रोन्नतिको काम अहिले धमाधम संञ्चालनमा आएको छ । कालिगण्डकी करिडोरको राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक आयोजना अन्तरगत कन्टेक कान्छाराम कोशी एण्ड न्यौपाने जेभीले उक्त बाटो निर्माण गर्ने जिम्मा लिएको हो ।

जोमसोम-कोरला सडकखण्डको ७ वटा प्याकेज मध्ये त्यसखण्डको समर-भेना ८ सय मिटर दुरी सबैभन्दा जोखिमयुक्त स्थानमा पर्छ । त्यहाँ सडक बिस्तारको कामसमेत चुनौतीपूर्ण छ । त्यहा सडक फराकिलो पार्न रककटिङ गर्ने क्रममा एक उपकरण चालकले समेत ज्यान गुमाएका थिए । निर्माण कम्पनीले ढिलो काम सुरु गरेको थियो ।

गत वर्षदेखि त्यस खण्डमा ठुलाठुला पहाड कटिङ गरी सडक चौडा गर्ने काम भएको थियो । विश्व व्यापी माहामारीको रुपमा फैलिएको नोवल कोरोना भाइरस ( कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले लक डाउन गरेसँगै त्यसखण्डको काम रोकिन पुगेको थियो । सरकारले लकडाउनकै क्रममा पछिल्लो समय विकास पूर्वाधारका काम सञ्चालन गर्ने जनाएपछि त्यसखण्डको कामअघि बढेको करिडोर सडकले जनाएको छ । यसका लागि जिल्ला प्रशासन कार्यालय मुस्ताङले जिल्लामा कोरोना जोखिम न्युनीकरण गर्न विभिन्न शर्त पालना गरी  काम गर्न आह्वान गरेको थियो । त्यसपछि उक्त खण्डको सडक विस्तारको काम गर्न गत जेठको दोश्रो साता करिडोर सडकका उपकरण चलाउने अपरेटर काममा फर्किएका थिए ।

जोमसोम-कोरला सडकको चैले-भेना १३ किमी सडक विस्तारको जिम्मा कन्टेक कान्छारा कोशी एण्ड न्यौपाने जेभीले ४७ करोड ६२ लाखमा सम्झौता गरेको थियो । जोमसोम-कोरला ७ प्याकेजको काम २०७४ साल श्रावणदेखि सुरु भएको थियो । निर्माण कम्पनीले चैले—भेना खण्डको ७० प्रतिशत काम संम्पन्न गरेको करिडोर सडकका सबइन्जिनीयर किरण घिमिरेले जानकारी दिए । सडकको ३० प्रतिशत काममध्ये विस्फोटक पदार्थ पड्काएर पहाडको रककटिङ गर्ने ,सडक चौडा र ग्रेड मिलानको काम भइरहेको सबइन्जिनीयर घिमिरेले बताए ।

करिडोरको जोमसोम-कोरला खण्डको चैले-भेना सडकमा अहिले करिव ४ दर्जन मजदुर कार्यरत छ । निर्माण कम्पनीका अनुसार सडक स्तरोन्नतिका लागि ग्रेडर,ब्रेकर ,स्काभेटर ,ब्याकु र टिपरसहितका चालक र सहचालक छन् । यस्तै ,उनीहरुको व्यवस्थापनका लागि पनि थप मजदुर छन् । सडक विस्तारमा खटिएका मजदुर सडक छेउ पाल टागेर बस्ने गर्छन् । कोरोना जोखिम कम उनीहरुलाई सडकमै व्यवस्था मिलाइएको निर्माण कम्पनीले जनाएको छ । उनीहरुलाई जिल्ला प्रवेश गराउँदा मुस्ताङ घासा सीमानाकामा आरडिटी परीक्षण गराइएको थियो ।

राष्ट्रिय गौरवको जोमसोम कोरला सडकको ७ प्याकेजमध्ये दिवा रौटाहा एपेक्सको छोसेर-कोरोला १४ किमी, दिवा डाफे एपेक्सको ग्रीन ताङ्वेदेखि चैले ११ किमी र बज्रगुरु खड्गकृष्ण जेभीको जोमसोमदेखि ताङ्वे १८ किमी सडक करिडोर सडकलाई हस्तान्तरण भइसकेको छ । यस्तै ,कञ्चनजंघा लामा बिल्डर्स विरुवाको भेना-झैते १२ किमी सडकको ९५ प्रतिशत पूरा भएको सबइन्जिनीयर घिमिरेले जानकारी दिए । 

यो प्याकेज असार मशान्तसम्म सकिने उनले बताए । उनका अनुसार कञ्चनजंघा लामा मोतिदानको झैते -चराङ १९ किमीको काम ६५ प्रतिशत र तामाङ गौरी पार्वती कोशी एण्ड न्यौपाने जेभीको चराङ-छोसेर  प्याकेजको ६० प्रतिशत काम भएको छ । करिडोरका अनुसार चराङ-छोसेरको बाँकी ४० प्रतिशत काम कोरोना कहरका कारण रोकिएको छ । लोमान्थाङमा जिल्लामा काम गर्ने मजदुरलाई काम गर्न रोक लगाइएकाले समस्या भएको हो ।

उत्तरी कोरलानाका जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक २०७४ सालबाट सुरु भएको हो । झन्डै ६ अर्ब बजेटको बेनी-जोमसोम-कोरला विस्तारले गण्डकी प्रदेशको मात्र नभइ नेपालकै आर्थिक समृद्धिमा योगदान पुग्ने मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचनले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.