अमेरिकाबाट खुशी हुँदै नेपाल आउँदै २८१ नेपाली

अमेरिकाबाट खुशी हुँदै नेपाल आउँदै २८१ नेपाली

अमेरिका : एक हुल मानिस हातारिँदै विमानस्थल प्रवेश गरिरहेका थिए। उनीहरु सास बाँधेर दौडिएका विमान छुट्छ कि भन्ने चिन्ताले होइन्, मातृभूमी फर्किने हतारोले हो। मंगलबारको दिन थियो, घडिले बिहानको १० बज्दै थियो। नेपाल फर्किने हतारोमा रहेका नेपाली नागरिकको ध्यान घडिमा भन्दा ज्यादा आफ्नै घरमा थियो। यसरी कोरोना कहरका कारण अमेरिकामा थुनिएका सयौं नेपाली आफ्नो मातृभूमीको माटो टेक्ने हतारोमा थिए। 

आफन्त, इष्टमित्र भेटघाट र व्यक्तिगत कामले आएका उनीहरुलाई तीन महिना भन्दा बढी कोरोनाले अमेरिकामै थुन्यो। सयौं पल्ट हारगुहार गरेपछि बल्लतल्ल उनीहरुले सरकारबाट देश फर्किने अनुमति पाए। उनीहरुले मुलुक फर्कि पाउँ भन्दै यहाँ रहेको दूतावासमा धेरै पल्ट निवेदन हाले। नेपालमा रहेका आफन्तलाई मन्त्रालयदेखि विभिन्न निकायका ढोका चहार्न लगाए त्यसपछि बल्ल सरकारले उनीहरुलाई देश फर्किने अनुमति दियो।   

यस बीचमा अमेरिकी नागरिक बोकेर आएको विमान रित्तै फर्कियो, उनीहरुले गुहार मागे त्यो विमानमा फर्किन तर अहँ सरकारले त्यो माग सुनेन्। यसबीचमा उनीहरुले पकेट खर्च सकियो, भिषामा समस्या थपियो, नेपालमा परिवारको रेखदेख गर्ने चिन्ता थपियो भन्दै गुहार मागे, अन्तत आफ्नै खर्चमा महंगो भाडा तिरेरै भए पनि उनीहरु मुलुक फर्किन पाए। 

तीन महिना लामो अमेरिका बसाईपछि देश फर्किँदै गरेका सुप्रभात भण्डारीले भने 'ढिलो गरी भए पनि मातृभूमी फर्काईदिएकोमा नेपाल सरकारलाई धन्यवाद।' भण्डारी जस्तै हाल एक हजार भन्दा बढीले सरकारलाई देश फर्किन पाउँ भन्दै महिनौंदेखि सरकारका नाममा गुहार पत्र लेखिरहेका छन्। यस बीचमा उनीहरुले मिडियाको सहारा लिएर गुहार मागे। दूतावासमा सयौं पल्ट फोन घुमाए। अनि बल्ल उनीहरुको इच्छा पुरा भयो।  

करिव २८१ जना नेपालीहरु न्यूयोर्कको जेएफके विमानस्थलबाट देश फर्किदै गर्दा उनीहरुमा खुशीको सीमा थिएन्। ढिलै भए पनि उनीहरुको देश फर्किने रहर पुरा भएको छ।

टर्किस विमान कम्पनी चढ्दै गरेका नेपाली नागरिक शान्ताराज बतासले अन्नपूर्ण अनलाइनसँग भने 'घर फर्किन पाउँदाको खुसी र अमेरिका बसाई जीवनभर स्मरण भयो।' विश्वनै कोरोना कहरले आतंकित बनेको भन्दै बतासले आफुहरु यस रोगका बारेमा सजग रहेको र सबैलाई सुरक्षित रहन आग्रह समेत गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.