धनगढी उपमहानगरले ल्यायो एक अर्ब ६३ करोडको बजेट
धनगढी : धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि एक अर्ब ६३ करोड ८२ लाख रुपैयाँ बराबरको वार्षिक नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । चालुतर्फ ८५ करोड र पूँजिगततर्फ ७८ करोड ८२ लाख गरी एक अर्ब बढीको वार्षिक नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको हो ।
उपमहानगरको पाँचौ नगरसभामा उप-प्रमुख शुसीला मिश्र भट्टले आगामी वर्षको बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरेको बजेटमा कोभिड-१९ बाट सिर्जित संकट व्यवस्थापन, कृषि, पूर्वाधार विकास, पर्यटन, आयआर्जका कार्यक्रम, शिक्षा क्षेत्रमा गुणात्मक सुधार, सूचना प्रविधि तथा सञ्चार विकासलाई प्राथमिकताका साथ राखेको छ ।
सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगर आगामी वर्षको बजेटमा पर्यटन प्रवर्दन, कृषिमा आधुनिकीकरण तथा व्यवसायीकरणमा विशेष जोड दिएको छ । नीति तथा कार्यक्रममा नयाँ कार्यक्रम भन्दा पनि विगत वर्षकै कार्यक्रमलाई निरन्तरता दिएको देखिएको छ । नीति तथा कार्यक्रममा कोरोना सक्रमण (कोभिड-१९) रोग व्यवस्थापन गर्नमा बजेट छुट्याउने उल्लेख गरेको छ ।
उपमहानगरमा कृषितर्फ जैविक प्रोत्साहन गरिने उपमहयरले प्रस्तुत गरेको कार्यक्रममा उल्लेख गरेको छ । उपमहानरगको पर्यटन विकासका लागि विभिन्न कार्यक्रमहरु अगाडि सारेको छ । उपमहागरभित्र भ्यू-टावर निर्माणदेखि होमस्टेको नीति लिइने उपमेयर भट्टले कार्यक्रममा प्रस्तुत गरिन्।
कृषि र कोरोना महामारी व्यवस्थापनलाई विशेष प्राथमिकतामा राखेको कार्यक्रममा संक्रमरण रहदासम्म असक्त, असाय, एवं आर्थिकरुपले विपन्न गर्भवती, महिला र जेष्ठ नागरिहरुलाई रातहका लागि बजेटको व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । कृषि अन्र्तगत सहरी क्षेत्रमा कौशी खेतीलाई सुरुवात गरिने जनाएको छ।
नीति तथा कार्यक्रममा गत वर्ष सुरु हुन नसकेको कार्यक्रमलाई निरन्तरता दिएको छ । कैलाली नाला, सुकुटी नाला, मोहना दनीमा साईकाल ट्रयाक निर्माण गरिने विगत वर्षको योजनालाई निरन्तरात दिने भनिएको छ ।