विषालु च्याउ खाँदा पाँच जना बिरामी

विषालु च्याउ खाँदा पाँच जना बिरामी

रुकुम : जंगलबाट ल्याएको विषालु च्याउ खाँदा रुकुम पश्चिममा पाँच जना बिरामी भएका छन् । तरकारीका रुपमा जंगलबाट ल्याएको च्याउ खाँदा जिल्लाको बाँफिकोट गाउँपालिका–४ मा दुई घरपरिवारका पाँच जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । 

बुधबार बिहान च्याउ खाँदा गाउँपालिका–४ खरखरेका ५६ वर्षीय हरिबहादुर विक, २८ वर्षीया झरना विक, २० वर्षीया सृष्टि विक, ४९ वर्षीया शान्ती विक, र १० वर्षीय जनक विक बिरामी भएको इलाका प्रहरी कार्यालय बाँफिकोटले जानकारी दिएको छ । उनीहरुलाई च्याउ खाएदेखि रिंगटा लाग्ने, वान्ता हुने जस्ता लक्षण देखिएको थियो ।

बिरामी भएका पाँच जनामध्ये शान्ति विक र जनक विकलाई थप उपचारको लागि जिल्ला अस्पताल सल्लेमा ल्याइएको छ ।  बाँकी तीन जनाको बाँफिकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.