अछामका स्थानीय तहको बजेट : कोरोना उच्च प्राथमिकतामा

अछामका स्थानीय तहको बजेट : कोरोना उच्च प्राथमिकतामा

अछाम : स्थानीय तहले कोरोना नियन्त्रण, रोकथाम तथा व्यवस्थापनलाई उच्च प्राथमिकता दिँदै आगामी वर्षको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्। बिगतका वर्ष जस्तै आगामी आर्थिक ०७७/७८का लागि स्थानीय तहले कृषि, स्वास्थ्य, शिक्षा र पुर्वाधार विकास,गरिबी निवारण र जनचेतना मुलक कार्यक्रमलाई नै प्राथमिकतामा राखेर बजेट ल्याएका हुन्। कोरोनाले निम्त्याएको बिषम परिस्थितिलाई मध्यनजर गर्दे बजेट बिनियोजन गरेका छन्।

साँफेबगर नगरपालिकाले आगामी आर्थिक वर्षको बार्षिक बजेट, नीति तथा कार्यक्रम बुधबार सार्वजनिक गरेको छ। पाँचौ नगरसभामार्फत नगरपालिकाको आगामी आर्थिक वर्ष ०७७(७८का लागि ६० करोड ८५ लाख ५६ हजारको बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्। चालु तर्फ २२ करोड ६९ लाख र सशर्त तर्फ ३६ करोड ७१ लाख बजेट रहेको छ। कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि स्थानीय तह प्रकोप व्यवस्थापन कोषमा १ करोड २३ लाख रकम विनियोजन गरिएको नगर प्रमुख कुलबहादुर कुँवरले बताए। उनले अहिलेको परिस्थीतिलाई मध्यनजर गर्दै आर्थिक संकटसमेत झेलिरहेको वयलपाटा अस्पताललाई ७० लाख बजेट बिनियोजन गरिएको बताए। उनले भने 'अहिले कोरोनाबाट जनता जोगाउ बजेट ल्याएका छौं। स्वास्थ क्षेत्रलाई प्राथमिकतामा राखेका छौं।’

नगरले अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ। सिप विकास तथा जनचेतना तालिम तथा गोष्ठी कपालदेखि कम्प्युटर तालिम, पशु व्यवसाय प्रवर्द्धन, कृषिलाई व्यवसायीकरण, महिला तथा बालबालिका, खानेपानी योजना, शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन, संस्कृति, जस्ता पुरानै कार्यक्रमले निरन्तरता पाएका छन्। बान्नीगढी जयगढ गाउँपालिकाले पालिकामा ५० वेडको आइसोलेसन निमार्ण कार्यलाई द्रुत गतिमा अगाडी बढाउने भएको छ। गाउँसभामार्फत बजेट,नीति तथा कार्यक्रम सार्वजनिक गर्दे ०७७/०७८ का लागि  ३१ करोड २० लाख ९६ हजार ५ सय ५० रूपैयाँको बजेट सार्वजनिक गरेको छ। नीति तथा कार्यक्रममा आइसोलेसनका साथै १४ शैयाको अस्पताल निमार्णका लागि आवश्यकीय पुर्वाधार तय गर्ने उल्लेख गरेको छ।

नीति तथा कार्यक्रममा पुरानै कार्यक्रमहरु स्वास्थ्य बीमा कार्यक्रमलाई उच्च प्राथमिकता दिने, मातृ मृत्युदर मध्यनजर गर्दै सुत्केरी घरभेट कार्यक्रम सञ्चालन गर्ने, कोरोना महामारीले रोजगार गुमाएकाहरुलाई स्वरोजगार बनाउने अध्यक्ष युवा स्वरोजगार कार्यक्रमलाई निरन्तरता दिने, कुखुरा चल्ला उत्पादनका लागि ह्याचरी स्थापन गर्न प्रोत्साहन गर्ने, गाउँपालिका सबै वडाका सडकलाई बाह्रै महिना भरी सञ्चालन गर्न सक्ने गरी स्तरोन्नती गरिने, विपद् उद्धार तथा राहत कोषमा रकम वृद्धि गरिने भनिएको छ।

कमलबजार नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि ४३ करोड १३ लाख ३६ हजार १३ रुपैयाँ बराबरको बजेट सार्बजनिक गरेको छ। कोरोनाको महामारीलाई मध्यनजर गर्दै नगरपालिकाले आर्थिक बर्ष २०७७/०७८ को बजेट ल्याएको छ।मानब स्वास्थ्य नै पहिलो प्राथमिकता भएकाले यस वर्षको बजेट कोरोना महामारी नियन्त्रणमा केन्द्रित हुने नीति तथा कार्यक्रममा उल्लेख छ। नगरपालिकाभित्र सञ्चालनमा रहेका २ वटा एम्बुलेन्सलाई नगरका १० वटै वडामा २४ सै घण्टा सञ्चालनमा ल्याउने गरी बजेटको व्यवस्था गरिएको बताइएको छ। यस्तै यस वर्षको नीति तथा कार्यक्रममा कृषि र पशु बीमा कार्यक्रम सँचालनका लागि आवश्यक बजेटको व्यवस्था गरिएको बताइएको छ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर उप प्रमुख भूमिशरण ढकाल बजगाईले यस वर्षको बजेटमा बहुउदेशिय योजनाहरुलाई प्राथमिकतामा राखिने र गत वर्षका अधुरा योजनाहरुलाई पूर्ति गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ। कोरोना महामारीका कारण भारत तथा तेस्रो मुलुकबाट गाउँ फर्किएका युवा युवतीहरुलाई रोजगारी सिर्जना गरिने उल्लेख छ। मेल्लेख गाउँपालिकाले छैटौँ गाउनसभाबाट आगामी आर्थिक वर्षका लागि अनुमानित ४१ करोड ६१ लाख ८९ हजार ५ सय ९० बराबरको बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाले पिसिआर मेशिन खरिदको लागि अन्य पालिकासम्म सहकार्य गरेर मेसिन खरिदमा हातेमालो गर्ने गरी बजेट बिनियोजन गरेको जनाएको छ।

आर्थिक विकास, गरिबी निवारणमा प्रत्येक्ष योगदान पुर्‍याउने उत्पादन मुलुक छिटो प्रतिफल प्राप्त गर्न सकिने जनताको जीवन स्तरमा आम्दानी रोजगारी बढाउनेलगायतका बिगतका वर्षको कार्यक्रममा प्रथामिकता दिएको छ। यस्तै कृषि, पशु, उद्योग पर्यटन सहकारी, स्वास्थ्य खानेपानी तथा सरसफाइ संस्कृति प्रबर्द्धन शिक्षा ,पुर्वधार विकास सिंचाइ संचार वन तथा वातावरण, विपत ब्यबस्थापन शुसासन तथा संस्थागत विकासलगायतका कुराहरुलाई नीति तथा कार्यक्रममा जोड दिइएको छ।

चौरपाटी गाउँपालिकाले पनि आगामी वर्षका लागि बजेट,नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बुधबार गाउँसभामार्फत उपाध्यक्ष माया कुँवरले आगामी वर्ष ०७७/७८ का लागि ४४ करोड २५ लाख ५४ हजार बजेट,नीति तथा कार्यक्रम प्रस्तुत गरिन्। गाउँपालिकाले पनी कोरोनाले पारेको यस बिषम परिस्थतिलाई मध्ये नजर गर्दे बजेट,नीति तथा कार्यक्रम ल्याएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.