जनकपुरमा ३ वर्षीया बालिकासहित ११ जनामा कोरोना संक्रमण

जनकपुरमा ३ वर्षीया बालिकासहित ११ जनामा कोरोना संक्रमण

जनकपुरधाम : तीन वर्षीया बालिकासहित ११ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । धनुषाको मिथिला नगरपालिका २ नक्टाझिज स्थित जनता माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका तीन वर्षीया बालिकासहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रादेशिक अस्पताल जनकपुरको प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार मिथिला नगरपालिकाका ४ महिला र ७ पुरुष गरी कुल ११ जनामा कोरोना संक्रमण पुष्टि भएको मिथिला नगरपालिकाका क्वारेन्टाइन संयोजक अशोक भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार मिथिला नगरपालिका ३ का २ पुरुष र २ महिला गरी ४ जना, वडा नं. ४ का २ पुरुष, वडा नं. ५ का एक बालिकासहित २ महिला, वडा नं. ६ का १ पुरुष र वडा नं. ८ का १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएका भारतको विभिन्न स्थानबाट विभिन्न समयमा नेपाल भित्रिएका थिए । उनीहरु सबैलाई क्वारेन्टाइनमा राखिएको थियो । उनीहरुको रिपोर्ट पोजिटिभ आएपछि आइसोलेसनमा राखिएको नगरपालिकाका मेयर हरिनारायण महतोले जानकारी दिए । संक्रमितमध्ये एकजना स्वास्थ्यकर्मी मेत रहेको उनको भनाइ छ । उनी सोही क्वारेन्टाइनमा कार्यरतसमेत थिए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.