बैतडीमा कोरोना संक्रमितको संख्या १७८ पुग्यो

बैतडीमा कोरोना संक्रमितको संख्या १७८ पुग्यो

बैतडी : बिहीबार बैतडीका थप तीनजनामा कोरोना संक्रमणको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा दशरथचन्द नगरपालिका वडा नम्वर ९ का २६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा बैतडीका ३१ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो । ती व्यक्ति कामको सिलसिलामा जुम्लामै रहेको बताईएको छ । 

यस्तै कामको सिलसिलामा दैलेखमा रहेका सिगास गाउँपालिका वडा नम्वर १ का २३ बर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । ती व्यक्तिको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो । 

दशरथचन्द नगरपालिका ९ का २६ बर्षीय संक्रमित भने भारतबाट फर्किएका र आरडिटी पोजिटिभ भएका नागरिक रहेका स्वास्थ्य प्रमुख भट्टले बताए । कोरोना पुष्टि भएका ती व्यक्ति नागार्जुन माविको क्वारेन्टाइनमा रहेका र सोही ठाउँमा आइसोलेसनमा राखिएको छ । योसंगै बैतडीका संक्रमितको संख्या १७८ पुगेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.