दार्चुलामा थप एक जनामा कोरोना पुष्टि
दार्चुला : दार्चुलामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेत प्रादेशिक अस्पतालको प्रयोगशाला भएको परीक्षणमा दार्चुलाका एक जनामा कोरोना पुष्टि भएको हो।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा गरिएको परीक्षणमा दार्चुलाका एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए । योसँगै दार्चुलामा कोरोनाको संक्रमितको संख्या १३ पुगेको छ ।