अछाममा थप १४ जनामा कोरोना पुष्टि
अछाम : अछाममा बिहीबार थप १४ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा ४ जना महिला र १० जना पुरुष गरी १४ जनामा कारोना पुष्टि भएको स्वास्थ कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिए ।
मंगलसेन नगरपलिकाका ५ ,मेल्लेख गाउँपालिकाका ८ र साँफेबगर नगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको हो । योसँगै अछाममा संक्रमितको संख्या १ सय १२ पुगेको जोशीले जानकारी दिए । अहिलेसम्म जिल्लामा ११ जना निको भएर घर फर्किसकेका छन् ।