बलात्कार मुद्दा मिलाइदिन्छु भन्ने वकिल र प्रहरी निरीक्षक घुससहित पक्राउ
धनगढी : जबरजस्ती करणी जस्तो गम्भीर अपराध मिलाई दिने भन्दै घुस लिन आएका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाश सिह कार्की र घुसको व्यवस्थापन गरेका अधिवक्ता हिमालय विक्रम विष्टलाई ५० हजार घुस सहित अख्तियारको विशेष टोलीले पक्राउ गरेको छ।
एक नाबालिकाको सामूहिक बलात्कार मुद्दा मिलाई दिने र एक जनाको सार्वजनिक अपराधको मुद्दा पनि मिलाई दिने भन्दै ५० हजार घुस लिन आएका जिल्ला प्रहरी कार्यालय कैलालीका मुद्दा शाखाका प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीलाई अधिवक्ता हिमालयन विक्रम विष्टको कार्यकक्षमै पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रमुख महेश पाण्डेले बताए।
‘विशेष सूचनाका आधारमा कानुन व्यवसायी विष्टकै कार्यालयमा छापा हानेर प्रहरी निरीक्षकसहित दुवै जनालाई ५० हजार घुससहित रंगेहात पक्राउ गरिएको हो’, अख्तियार प्रमुख पाण्डेले भने।