हतियारसहितको समूहले ९० लाखको बुद्धचित्त माला लुट्यो, ५ जना घाइते

हतियारसहितको समूहले ९० लाखको बुद्धचित्त माला लुट्यो, ५ जना घाइते

धुलिखेल : काभ्रेको रोशी गाँउपालिका वडा नं ५ नागबेलीमा गएराति गोली चलेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बुद्धचित्त माला लुटपाट गर्न आएको समू्हले गोली चलाएको हो।  बुद्धचित्त लुटपाट गर्ने क्रममा गोली चल्दा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रवि पौडेलले जानकारी दिए। घाइते हुनेहरु बुद्धचित्त मालाको बोट कुर्नेहरु रहेको र उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको एसपी पौडेलले बताए।

एसपी पौडेलका अनुसार लुटेरा समूहले काभ्रेको रोशी गाउँपालिका नागबेलीमा सोमरानी तामाङ र वीरबहादुर लामाको बुद्धचित्त लुटपाट गरेको हो। उनीहरुको खोजी भइरहेको र थप प्रहरीसमेत परिचालन गरिएको एसपी पौडेलले जानकारी दिए।

बिहीबार मध्यराति हतियारसहित आएको लुटेरा समूहले मालाका सुरक्षाका लागि गरिएको सीसीटिभी क्यामेरा तोडेर ९० लाख बराबरको बुद्धचित्त मालाको दाना लुटेको प्रहरीको भनाइ छ।

घटना स्थलमा राति नै पुगेका इलाका प्रहरी कार्यलय मंगलटारका प्रहरी निरीक्षक धर्मजंग लामाले माला सबै लुटेरा समूहले टिपेर लगेको अन्नपूर्णलाई जानकारी दिए। ‘म अहिले घटनास्थलमै छु जिल्लाबाट डिएसपी सहितको थप टोली बाटोमा आउदै गरेको छ’ लामाले भने। 

घटनास्थलमा गोलीका दुई खोकासमेत भेटिएको प्रहरी निरीक्षक लामाले जानकारी दिए। लुटेरा समूह राति ५०, ६० जनाको समूहमा आएको स्थानियलाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ।

हतियारसहित आएको लुटेरा समूहको अक्रमणबाट बुद्धचित्तको रुखको सुरक्षाका लागि खटिएका श्याम तामाङ, जितबहादुर लामा, शेखर लामा, जित बहादुर तामाङ र वाङचु लामा घाइते भएको प्रहरीले जनाएको छ। उनीहरुको अहिले धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। 

वीरबहादुर लामा र सोमरानी लामासँग उक्त रुखमा रहेको बुद्धचित्तको दाना समिप त्रिपाठी सहित चार जनाको समूहले यो वर्षका लागि लागि ९० लाखमा किन्ने सम्झौता भएको व्यपारी त्रिपाठीले जानकारी दिए। माला लुट्न जाने समूहले बाटो समेत अवरोध गरेको व्यपारी त्रिपाठीको भनाइ छ। बाटोमा बम जस्तो बस्तु राखेर खतरा लेखिएको र मुख्य बाटोमै रुखढालिएर राखिएको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.