त्रिशुलीले बगाउँदा मजदुरको ज्यान गयो

त्रिशुलीले बगाउँदा मजदुरको ज्यान गयो

नुवाकोट : नुहाउने क्रममा त्रिशुली नदीले बगाउँदा नुवाकोटमा एक मजदुरको ज्यान गएको छ। गर्मी छल्न त्रिशुली नदीमा नुहाउन गएको बेला नदीले बगाएर मजदुरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

सदरमुकाम विदुरदेखि २२ किलोमिटर दक्षिणमा रहेको बेलकोटगढी नगरपालिका–७ छबिसकाल्लेस्थित त्रिशुली नदीले बगाएर स्थानीय इट्टाभट्टामा मजदुरी गर्ने खोटाङका ५० वर्षीय होमनाथ राईको ज्यान गएको प्रहरी नायव उपरिक्षक राजेश थापाले जानकारी दिए। उद्धारपछि उपचारको लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूलीतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएपछि शवको पोष्टमाटैम गरि परिवारजनको जिम्मा लगाइएको नुवाकोट प्रहरीले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.