‘जेन्ना मार्बल्स’ युट्युबविहीन

‘जेन्ना मार्बल्स’ युट्युबविहीन

अमेरिका : अहिले जमाना युट्युबको छ भन्दा हुन्छ । युट्युबमा नानाथरीका भिडियो अपलोड गरेर सब्सक्राइब बढाउनेहरू असंख्य छन् । तर २० मिलियन सब्सक्राइबर रहेकी एक अमेरिकी युट्युबरले भने युट्युब प्ल्याटफर्म नै छाड्ने घोषणा गरेकी छन् ।

युट्युब स्टार जेन्ना मउरीले आफ्नो युट्युब च्यानल ‘जेन्ना मार्बल्स’मा अपलोड गरेका केही भिडियोबाट रंगभेदलाई प्रोत्साहित गरेको आरोप लागेपछि उनले यट्युब प्ल्याटफर्मबाटै अलग्गिने घोषणा गरेकी हुन् । उनले एक भिडियो सन्देशमार्फत आफ्नो च्यानलमा अपलोड भएको रंगभेदी विषयवबस्तु सहितको भिडियोका लागि माफीसमेत मागेकी छन् ।

मउरीको युट्युब च्यानलमा २० मिलियन सब्सक्राइबर छन् । उनले अपलोड गरेका केही भिडियोमा अश्वेत समुदाय र एसियन मूलका समुदायमाथि व्यंग्य गरेकी थिइन् ।

अमेरिकामा अश्वेत समुदायका जर्ज फ्लोयडको प्रहरीले नियन्त्रणमा लिने क्रममा मृत्यु भएपछि संसारभर रंगभेदविरुद्ध आन्दोलन चर्किएको छ । ‍त्यसै क्रममा मिडिया र सामाजिक सञ्जालमा समेत रंगभेदी विषयवस्तुविरुद्ध विश्वभर आवाज उठिरहेको छ । यसले छिमेकी मुलुक भारतमा समेत तरंग पैदा गरेको छ । -एजेन्सी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.