अभिनेत्री नीतु ‘मिसेज इन्डिया’की जज

अभिनेत्री नीतु ‘मिसेज इन्डिया’की जज

काठमाडौं : नेपाली अभिनेत्री, मोडल, डान्सर तथा सौन्दर्य व्यवसायी नीतु कोइराला भारतमा आयोजना भइरहेको ‘मिसेज इन्डिया– २०२०’की निर्णायक भएकी छन् ।

कोरोना कहरका कारण अनलाइनबाट आयोजना भएको उक्त प्रतियोगितामा उनी जुरीका रूपमा निर्णायक मण्डलमा रहेर सहभागी भएकी हुन् । नेपाली मनोरञ्जनका विभिन्न विधामा योगदान दिएकी कोइरालाले यो अन्तर्राष्ट्रिय अवसर प्राप्त गरेकी हुन् ।

यो प्रतियोगिता पिस अफ इन्डियाले आयोजना गरेको हो । अहिले उनी सोही संस्थामा नेपालको तर्फबाट ब्रान्ड एम्बेसडरका रूपमा कार्यरत छिन् । उनले पिन्क रोजेज इन्टरटेनमेन्टले आयोजना गरेको मिस्टर, मिस एन्ड मिसेज इन्डियामा पनि गेस्ट अफ अनरको भूमिका निर्वाह गरेकी छन् ।

कोइराला हालै भारतका विभिन्न संस्थाले संयुक्त रूपमा आयोजना गरेको ‘कोरोना वारिअर्स अवार्ड’बाट सम्मानित भएकी थिइन् । भारतकै विभिन्न संस्थाले आयोजना गरेका विभिन्न कार्यक्रममा उनले सहभागिता जनाएकी छन् । तीजलगायत विभिन्न म्युजिक भिडियोमा मोडलिङसमेत गरेकी कोइराला नृत्यमा पारंगत मानिन्छिन् ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.