पेस्तोलसहित दुई युवक पक्राउ

पेस्तोलसहित दुई युवक पक्राउ

जनकपुरधाम : धनुषाबाट पेस्तोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। हातहतियार किनबेच तथा ओसार–पोसार कार्यमा संलग्न दुई जनालाई जनकपुर उप–महानगरपालिका १९ बाउन बिगहाबाट संयुक्त प्रहरीको टोलीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धनुषा जिल्ला धनुषा जनक नन्दनी गाउँपालिका १ घर भई जनकपुर उप–महानगरपालिका १ का १९ वर्षीय को श्याम सहनी र धनुषा जनक नन्दनी गाउँपालिका बल्हाका ३१ वर्षिय रामपृत सहनीलाई प्रहरीले पक्राउ गरेको हो। हतियार बेचबिखनको लागि ओसार–पोसार गरी रहेको गोप्य सुचनाको आधारमा प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले श्याम सहनीलाई पक्राउ गरेको हो।

पक्राउ परेको सहनीबाट साथबाट प्रदेश २–०२–००१/३९१४ नम्बरको मोटरसाइकल कटुवा पेस्तोल १ थान बरामद गरेको छ। पक्राउ श्याम श्याम सहनीसँगको सोधपुछबाट नलकटुवा पेस्तोल बिक्री गर्नको लागि दिएको भनिएको व्यक्तिलाई खोजतलास गर्दै जाँदा रामपृत सहनीलाई समेत पक्राउ गरिएको हो।

पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत धनुषाबाट हातहतियार तथा खरखजाना मुद्दा शिर्षकमा म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जनाए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.