बाजुराको त्रिवेणी नपामा एकै दिन ६२ जनामा संक्रमण
बाजुरा : बाजुरा जिल्लाको त्रिवेणी नगरपालिकामा आज एकै दिन ६२ जनामा रोकोना सक्रमण पुष्टि भएको छ । योसंगै बाजुरामा कोरोना संक्रिमितको संख्या १ सय ९१ पुगेको छ ।
शिक्षण अस्पताल काठमाडौंमा गरिएको परीक्षणमा ८१ जनामध्ये ६२ जनाको कोरोना रिपोर्ट पोजिटिभ आएको छ भने १९ जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका बरिष्ठ जनस्वास्थ अधिकृत दयाकृष्ण पन्तले बताएका छन् । जसमा ११ जना महिला र ५१ जना पुरुष रहेको जिल्ला स्वाथ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले जानकारी दिए ।
असार ४ गते स्वाब संकलन गरी परीक्षणको लागि काठमाडौं पठाएका कुल ८१ जनाको शिक्षण अस्पताल महाराजगंज काण्माडौंमा पीसीआर जाँचपछि शनिबार १९ जनाको रिर्पोट नेगेटिभ र ६२ जनाको रिर्पोट पोजिटिभ आएको बताइएका छन् ।
२६ जना सुत्केरी तथा गर्भवती क्वारेन्टाइनमा
बाजुरा जिल्लामा २६ जना सुत्केरी तथा गर्भवती महिला क्वारेन्टाइनमा रहेका छन् । त्रिवेणी नगरपालिकामा मात्र ८ जना सुत्केरी तथा गर्भवती महिला क्वारेन्टाइनमा रहेका छन् । त्रिवेणी नगरपालिका लगायत बाजुराका अन्य स्थानीयतहमा रहेका क्वारेन्टाइनमा २६ जना सुत्केरी तथा गर्भवती महिला रहेका छन् । त्यसै गरी ३८ जना जेष्ट नागरिक १ जना अपाङ्ग रहेका छन् ।
बाजुरा जिल्लाका विभिन्न स्थानीय तहमा रहेका क्वारेन्टाइनमा १ हजार ४ सय ९१ जना रहेका छन् । जसमा भारतबाट आएका १ हजार २ सय १२ जना रहेका छन् । नेपालका विभिन्न सहर र भारतबाट आएर क्वारेन्टाइनमा बस्नेको सख्यां पछिल्लो एक हप्तामा घटिरहेको स्वास्थ्य कार्यालय बाजुराको तथ्याङ्कमा रहेको छ । आज मात्र ५८ जना क्वारेन्टाइनबाट बाहिरिएका छन् ।