वीरमा छ उस्तै भीड

वीरमा छ उस्तै भीड

काठमाडौं : शुक्रबार मध्यान्ह १२ बजे। मान्छेको भीडभाड। न भौतिक दूरी, न आवश्यक सतर्कता। यो दृश्य हो, नेपालकै जेठो अस्पताल वीरको।कोरोना भाइरसको संक्रमणले सिंगो विश्व नै हायलकायल भइरहेका बेला नेपाल त्यसबाट अछुतो रहेन। दिनानुदिन कोरोना संक्रमितको संख्या वृद्धि भइरहेका बेला यसबाट जोगिने उपाय भनेकै भौतिक दूरी कायम गर्नु र आवश्यक स्वास्थ्य सजगता अवलम्बन गर्नु नै हो। तर नेपालकै सबैभन्दा पुरानो र ठूलोमध्येको एक वीर अस्पतालको दृश्य त्यस्तो थिएन। बिरामी र आफन्तले अस्पताल भरिभराउ थियो। अस्पतालले सामाजिक दूरी कायम गर्न रेखांकन गरे पनि त्यसको फिटिक्कै पालना भएको देखिएन। रोग निको हुनु त कता, अस्पताल पुग्नेलाई एउटै चिन्ता छ, ‘कोरोना लिएर घर पर्किनुपर्ने त होइन ? ’

‘तीन÷चार दिनदेखि भीड बढेको छ’, आफन्तको उपचारका लागि सोमबारदेखि वीर अस्पतालमा रहँदै आएका सर्लाहीका एक पुरुषले भने, ‘अस्पतालमा भीड बढेको छ, को मान्छे कस्तो छ। बाहिरबाट हेरेर थाहा हुन्न। अरूभन्दा कोरोनाकै चिन्ता लाग्दैछ।’ रगत नमुना संकलन, ल्याब रिपोर्ट, एक्सरे, औषधि पसलमा बिरामीको घुइँचो नै थियो। अस्पतालका अनुसार असार १ गतेदेखि लकडाउन खुकुलो भएपछि दैनिक करिब ५ सयको हाराहारीमा बिरामी आउन थालेका छन्।

सार्वजनिक सवारी र ट्याक्सी नचलेका कारण गौशालादेखि हिडँ्दै वीर अस्पताल धाइरहेका छन्। ‘सुरुमा होटल पाउनै मुिस्कल भयो, तराईबाट आएको भनेपछि होटलले पनि बस्न नदिने,’ उनले भने। तीन महिनाको औषधि लिएका यादव आफू काठमाडौं आउँदा चढेकै गाडीमा फर्किने तयारीमा छन्। अरू गाडीले त कहाँ लैजान्छ र ? बाटोमा हिँड्दा पनि टाढा टाढा भाग्छ, आँप बोकेका गाडी फर्किन्छु’, उनको पीडा छ, ‘अस्पतालमा पनि धेरै मान्छे छन्, कोरोना सर्ला कि भन्ने डर।’ काठमाडौं डल्लुदेखि आएका एक ७१ वर्षीय बृद्धलाई रोगको उपचारभन्दा कोरोनाको चिन्ता बढी देखिन्थ्यो। कसैसँग छोइएला कि भनेर निकै सचेत देखिएका उनले भने, ‘उपचार गर्न आएको, कोरोना बोकेर घर गइएला कि भन्ने चिन्ता लाग्न थाल्यो।’ उनी आफूलाई छातीको समस्या रहेको बताउँदै थिए।

वीर अस्पताल परिसरमै कोरोना परीक्षण भइरहेकाले पनि त्यहाँ आउने अधिकांश बिरामीमा त्रास देखिन्थ्यो। वीर अस्पताल प्रांगणमा टेन्ट राखेर पीसीआर परीक्षण भइरहेको छ। पीसीआर परीक्षण गर्नेको संख्या पनि बाक्लै थियो। दैनिक दुईजना जतिले पीसीआर परीक्षण गर्ने गरेको अस्पताल प्रशासनले जनाएको छ। अस्पतालले पीसीआर परीक्षणका लागि पाँच हजार ५ सय रूपैयाँ शुल्क तोकेको छ। पीसीआर परीक्षण गर्ने अधिकांश काठमाडौं बाहिरबाट आएका थिए। ‘अफिसले पीसीआर परीक्षण गरेको रिपोर्टपछि मात्र कार्यालय आउन भन्यो,’ पीसीआरका लागि स्वाव संकलनको लाइनमा रहेका एक युवकले भने, ‘दुई दिनअघि पाल्पाबाट आएको, अफिसले पीसीआर रिपोर्ट चाहिन्छ भनेपछि आएको हुँ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.