प्रसूतिगृहमा ओपीडी सेवा लिने घटे

प्रसूतिगृहमा ओपीडी सेवा लिने घटे

काठमाडौं : काठमाडौंको परोपकार प्रसुति गृह शनिबार बिहान भीडभाड नै देखिन्थ्यो। सानो गेटबाट भित्र पस्ने र बाहिर निस्कनेको भीडले पनि यसको पुष्टि गथ्र्यो। भित्र पस्नेको हातमा अस्पतालको पास भए नभएको महिला सेक्युरिटी गार्डले चेक गर्दै पठाउँदै थिइन्। पास नभएका बिरामी हेर्न आएका मानिस बाहिर टन्टलापुर घाममा झोक्राइरहेका थिए। अस्पतालको नियम रहेछ, पास नभएकालाई भित्र छिर्न नदिने। पास भएका भित्र छिर्दै थिए भने नभएका गेटमै रोकिएका थिए। गेटमा भीड नै थियो। दूरी कायम भने हुन सकेको देखिएन।

इमर्जेन्सीमा वार्डको बाहिर बिरामी कुरुवा लस्करै बसेका देखिन्थे। त्यसको ठिक दायाँतिर एउटा टिन र प्लाष्टिकले बनाएको सानो कटेरोजस्तो कोठो छ। बाहिर लेखिएको थियो, ‘टे«सिङ एरिया’। त्यसभित्र एक महिला बिरामीको अवस्थाको बारेमा सोधपुछ गरिरहेकी थिइन्। अर्को एकछेउमा एउटा बिरामी सुताउने बेड राखिएको थियो। ट्रेसिङ एरियामा इमर्जेन्सीमा भर्ना हुन आउने बिरामीको ज्वरो जाँच गरिँदोरहेछ। जाँच गर्नलाई पालो सिस्टममा स्टाफ नर्स खटाइएकी थिइन्।

पास नभएका बिरामी हेर्न आएका मानिस बाहिर टन्टलापुर घाममा झोक्राइरहेका थिए। अस्पतालको नियम रहेछ, पास नभएकालाई भित्र छिर्न नदिने।

रिर्पोटिङको क्रममा स्टाफ नर्स सरस्वती घिमिरे थिइन्। भर्ना ह्ुन आएका बिरामीलाई पहिले ट्रेसिङ एरियामा लगेर ज्वरो जाँच गरिने उनले बताइन्। ‘पहिले यहाँ ज्वरो जाँच गरिन्छ’, उनले भनिन्, ‘त्यसपछि ज्वरो नदेखिएमा भित्र भर्ना गर्न पठाइन्छ। यदि ज्वरो देखिएमा यहीँ बेडमा राखेर डाक्टरलाई जानकारी गराइन्छ।’ अवस्था सामान्य नै भए केही समय हेरिने तर जटिल भएमा तुरुन्त पीसीआर परीक्षणमा पठाएर छुट्टै ठाउँमा लगिने गरेको उनले बताइन्।

बिरामी कुरुवा सन्तुष्ट

इमर्जेन्सी वार्डबाहिर मानिसको भीड थियो। त्यहाँ बस्ने अधिकांश बिरामी कुरुवा थिए। बस्ने ठाउँमा दूरीका लागि रेखा कोरिएको थियो। जुन नियम केहीले पालना गरेका थिए त केहीले थिएनन्। त्यहीबेला सेक्यूरिटी गार्ड माइक लिएर भन्दै थिए, ‘कृपया सामाजिक दूरी कायम गरेर बस्नुहोला। अन्यथा हामी तपाईलाई त्यहाँबाट हटाउन बाध्य हुनेछौं। रातो घेरामा मात्रै बस्नुहोला।’ उनीहरूले अस्पतालले दिएको सेवाप्रति सन्तुष्ट छन्। ठिमीका दुर्गालाल केसी केही दिनअघि पत्नी लिएर आए। डेलिभरीका लागि भर्ना गरेर राखिएको उनले बताए। ‘ श्रीमतीलाई लिएर आएको हुँ’, दुर्गालालले भने, ‘बिरामीकुरुवालाई पनि बस्ने छुट्टै भवन रहेछ।’

रिपोर्ट लिने ठाउँमा भीड

प्रसुति गृहको रिपोर्ट लिने ठाउँमा भने मानिसको एकदमै भीड थियो। अधिकांश रिर्पोट लिन आउने मानिसले खासै राम्रोसँग मास्क लगाएका थिएनन्। केही मास्क नलगाइकन रिपोर्ट लिने ठाउँमा लाम लागेका थिए। रिर्पोट लिने ठाउँमा मिलेर लाइन पनि बसेको थिएन। न त लाइन मिलाउन गार्ड नै थिए। छेउकै भित्तामा भने ‘रिर्पोट लिन आउँदा एक÷एक गरी आइदिनुहोला’ लेखिएको थियो। तर त्यो भित्ताको भनाइ पालना गर्ने कोही थिएन। अस्पतालभित्र भएको औषधि बिक्री कक्षमा पनि भीड नै थियो। तर यहाँ औषधि लिन लाइनमा बसेका थिए। तर दूरी भने कायम भएको थिएन।

‘सेवाग्राही आफैं सचेत हुनुपर्छ’

सेवाग्राहीबीच दूरी कायम गर्न प्रयास गर्दा गर्दै पनि धेरै भीड हुने गरेका अस्पतालकी निर्देशक डा. संगीताकौशल मि श्राले बताइन्। ‘हामीले दूरी कायम गर्न गार्ड राखेका छौं’, उनले भनिन्, ‘तर पनि सकिएको छैन। हामीले प्रयास गरेका छौं। सेवाग्राही आफैं पनि सचेत रहनुपर्छ।’ दूरी कायम गर्न माइकिङ, रेखांकन गरिएकाले सेवाग्राहीले पनि सचेत हुँदै सेवा लिनुपर्ने उनको भनाइ छ। ‘डब्लुएचओले भनेजस्तो सय प्रतिशत नै सुरक्षाका सामग्री त पाएका छैनौं’, उनले भनिन्, ‘तर हामीसँग उपलब्ध भएका सामग्रीको प्रयोग गरेर सुरक्षा अपनाएर सेवा दिएका छौं।’ यसबीच, ओपीडीमा आउनेको संख्या घटेको अस्पतालको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.