कुबेलाको कोरला नाका भ्रमण

कुबेलाको कोरला नाका भ्रमण

जोमसोम : मुस्ताङ जिल्लाको प्रमुख पर्यटकीय गन्तब्य पहिचानका लागि पर्यटन गुरुयोजना कार्यक्रमसहित गण्डकी प्रदेशको एक टोली बुधबार मुस्ताङ आएको छ। टोलीले पर्यटन गुरुयोजना कार्यक्रम पूर्व चीनसँग सीमाना जोडिएको उत्तरी नाकालगायतको भ्रमण गरी जोमसोम फर्कियो। त्यसपछि उनीहरूले स्थानीय तहका जनप्रतिनिधिबीच जोमसोममा गुरुयोजनासम्बन्धी अन्तक्र्रिया सम्पन्न गरे।

गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका उपसचिव डिल्लीराम रिजाल, भिजिट नेपाल ट्वान्टी ट्वान्टीका प्रदेश संयोजक जुद्घ गुरुङ र नेस्ट–पिकासो–नेपाल आर्किटेक्ट्स कन्सल्ट जेभीका टिम प्रमुख योगेशपूर्ण श्रेष्ठ लगायतको टोली मुस्ताङ आएको हो। गण्डकी प्रदेशमा पछिल्लो समय करिब ७ सय ६८ जना कोरोना संक्रमितको अवस्था र मुस्ताङ पनि कोरोना मुक्त नरहेको संक्रमणकालीन अवस्थामा पर्यटन गुरुयोजनाको कार्यक्रम लिएर मुस्ताङ आएपछि स्थानीयले बेमौसमको बाजाको संज्ञा दिएका छन्। कोरोना कहरको विषम अवस्थामा सरकारले सार्वजनिक कार्यक्रममा प्रतिबन्ध लगाएको अवस्थामा प्रदेश सरकार पर्यटन मन्त्रालय मातहतको टोली मुस्ताङ आएपछि स्थानीयले चर्को आलोचना गरेका छन्। तर ,प्रदेश मन्त्रालयको टोलीले कोरोना कहरका बेला सरकारले पर्यटन गुरुयोजना कार्यक्रमका लागि खटाएको बताएका छन्। उनीहरूले लकडाउनका बेला मुस्ताङ घुम्ने रहर नभई कार्यक्रम गर्ने बाध्यता आइपरेको उल्लेख गरेका छन्। गण्डकी प्रदेशमा दिगो तथा योजनाबद्घ पर्यटन विकासका लागि प्रदेश पर्यटन गुरुयोजना निर्माण गर्न टोली मुस्ताङ आएको मन्त्रालयका सहसचिव डिल्लीराम रिजालले जानकारी दिए।

गुरुयोजना अन्तक्र्रियामा ५ तहमा केही जनप्रतिनिधि र कर्मचारी मात्र उपस्थिति थिए। तर, पर्यटनसँग जोडिएको अन्तक्र्रियामा स्थानीय पर्यटन व्यवसायी तथा सरोकारवाला निकायले कोरोना कहरका कारण उपस्थिति जनाउन सकेनन्। नेस्ट–पिकासो–नेपाल आर्किटेक्ट्स कन्सल्ट जेभीका टिम प्रमुख योगेशपूर्ण श्रेष्ठले गुरुयोजनाका सम्बन्धमा प्रस्तुतीकरण गरेका थिए। सो अवसरमा संविधान सभाका सदस्य चन्द्रबहादुर गुरुङ तथा जिसस प्रमुख छिरिङ ल्हामो गुरुङले गुरुयोजना सम्बन्धी प्रश्न गरेका थिए।

गण्डकी प्रदेशले एक वर्षअघि १ सय १० पर्यटकीय गन्तब्य सूचीकृत गरेको थियो। प्रदेशले जिल्लाको प्रमुख पर्यटन गन्तब्य पहिचान तथा त्यसको दीर्घकालीन बिस्तृत गुरुयोजना निर्माण गर्न पहल गरेको टोलीले जनाएको छ। गण्डकी प्रदेशकै मुख्य पर्यटकीय हबको रूपमा रहेको मुस्ताङमा यसप्रकारका दर्जनौ गुरुयोजना निर्माण भए पनि कार्यान्वयन भने हुन नसकेको स्थानीय जनप्रतिनिधिले जनाए। गण्डकी प्रदेशले चालु आर्थिक वर्ष लोमान्थाङ, लोघेकर गुम्बा, घरपझोङ र थासाङको टिटी ताल संरक्षणका लागि ४० लाख बजेट बिनियोजन गरेको थियो। गण्डकीका ११ जिल्लामा ३ चरणको जोन वर्गीकरण गरी पर्यटन गन्तब्य गुरुयोजना निर्माणका लागि मन्त्रालयले पहल गरेको जनाइएको छ। जसमध्ये मुस्ताङ पहिलो नम्बरमा परेको र दोस्रोमा स्याङ्जा र तनहुँ त्यसपछि गोर्खाका लागि प्राथमिकतामा राखिएको बताइएको छ। प्रदेशले दीर्घकालीन महत्वका ४ सय २५ प्रमुख तथा सहायक पर्यटकीय गन्तब्य सूचीकृत गरिन लागिएको जनाइएको छ। जसअनुसार मुस्ताङ, कास्की, पर्वत, म्याग्दी र बाग्लुङ जोनमा राखिने भएको छ। प्रदेशले पञ्चवर्षीय, १० वर्षीय र २५ वर्षीय पर्यटन दीर्घकालीन योजनाका लागि पर्यटन ट्रान्जिटसँग जोडिने सम्भावना भएका स्थानको खोजी गरेको हो। पर्यटकको बसाइ लम्ब्याएर स्थानीयको जीवनस्तर उकास्ने योजनासहित प्रदेशले बृहत् पर्यटन गुरुयोजना ल्याउन लागेको कार्यक्रममा बताइयो।

गण्डकीको पर्यटन मन्त्रालयको टोलीले पर्यटन गुरुयोजना दस्ताबेजको रूपमा नभई प्राथमिकता आधारमा कार्यान्वयन हुँदै जाने बताए। गुरुयोजनाको लक्ष्य २ वा २ भन्दा बढी पर्यटकीय गन्तब्यलाई जोड्ने गरी गुरुयोजनाको खाका तयार हुने उनीहरूको भनाइ छ। गण्डकी प्रदेशले ११ वटै जिल्लामा ३ चरण गरी गुरुयोजना सम्बन्धमा छलफल चलाएको कल्सटेन्सीका टिम प्रमुख श्रेष्ठले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.